काठमाडौं – चर्चित हास्य कलाकार सिताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तली मेरी बास्सैमा फर्किएका छन् । मेरी बास्सैको उत्पादक कम्पनी मिडिया हबसँग समझदारी भएपछि धुर्मुस र सुन्तली हसाउने काममा फर्किएका हुन् । तर यो चलचित्र ‘सेन्टी भाइरस’को प्रचार प्रचारको लागि फर्किएका हुन् ।
आउने भागमा दर्शकले धुर्मुस र सुन्तलीलाई पुरानै स्वरुपमा देख्न सकिनेछ । मेरी बास्सैमा फर्किपछि धुर्मुसले भने– यो ठाउँमा आएपछि फर्किनु मन लाग्दैन् ।’ यसले नै मलाई यहाँ सम्म पुगको भनेर धुर्मुस र सुन्तली भाबुक भए । धुर्मुस सुन्तलीको चलचित्र ‘सेन्टी भाइरस’ फागुन ९ गतेबाट रिलिज हुने तयारीमा रहेको यस चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गरेका छन् । चलचित्रमा सिताराम कट्टेल, कुञ्जना घिमिरे, दयाहाङ राई, विल्सनविक्रम राई, बुद्दि तामाङ लगायतका कलाकारको अभिनय रहेको छ । हेर्नुहोस भिडियो….
प्रतिक्रिया