Logo

हार्दिक श्रदान्जली : ट्रक र मोटरसाइकल दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै निधन ! RIP लेखि शेयर गर्नुहोला

मकवानपुरको मनहरीमा आज शनिबार बिहान ट्रक दुर्घटना हुँदा एक जनाको निधन भएको छ । निधन हुनेमा रूपन्देही धकदही गाउँपालिका –३ घर भएका २६ वर्षीय अकबर खान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
नारायणगढबाट हेटौँडातर्फ आउँदै गरेको ना ६ ख २३७ नम्बरको गोरु बोकेको ट्रक मनहरी गाउँपालिका–६ सुनाचुरीमा भएको सो दुर्घटनामा खानको निधन भएको हो । दुर्घटनामा रुपन्देही रोहनी गाउँपालिका–६ घर भएका ४० वर्षीय मकबुल महरु मुसलमान ग म्भीर घाइते भएका छन् । उनको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरी निरीक्षक श्रीशङ्कर श्रेष्ठले बताउनुभयो । ट्रक चालक र सहचालक फरार रहेको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ ।

त्यस्तै मोरङका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको निधन भएको छ । गएराति र शनिवार विहान भएक दुई दुर्घटनामा चार जनाको निधन भएको हो । विराटनगरस्थित कोशी राजमार्गमा शनिबार बिहान भएको टिपर दुर्घटनामा २ जनाको निधन भएको छ । सो दुर्घटनामा एकजना गम्भीर घाईते भएका छन । बुढीगंगा गाँउपालिकाको वडानम्बर १ तथा विराटनगर प्रवेशद्वार नजिकैको कोशी राजमार्गमा टिपरले तीन जना बसेको मोटरसाईकललाई ठक्कर दिएको हो ।

मोटरसाईलमा सवार २ जनाको निधन भएका् प्रहरीले जनाएको छ । मोटरसाईकल चालक सिराहाका २० बर्षिय हरेराम साह र सिरहाकै लहानका २१ बर्षिय मोहम्मद ओजिरको निधन भएको प्रहरीले जनाएको छ । यसैगरि सोहि मोटरसाईलमा सवार अर्का १९ बर्षिय युवा सप्तरी रुपनीका १९ बर्षिय धनराज यादव ग म्भीर घाईते भएका छन् । तीन जना सवार रहेका प्रदेश २–०१ प १६०८ नम्बरको मोटरसाईकललाई विराटनगरबाट इटहरीतर्फ जाँदै गरेको को १ ख ७३०९ नम्बरको टिपरले विराटनगर गेट नजिकैको सडकमा ठक्कर दिएको थियो ।

यस्तै मोरङको सुन्दरहरैंचा ८ सलकपुर स्थित पूर्व पश्चिम लोकमार्गमा गए राति तिव्र गतिमा रहेका दुई मोटरसाइकल एक आपसमा ठोक्किदा २ जनाको घटनास्थलमै निधन भएको छ । सो दुर्घटनामा दुई जना घाइते भएका छन । तिव्र गतिमा रहेको को ३७ प १७ तथा को ३४ प ६६०२ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किएका थिए ।
निधन हुनेमा सुन्दरहरैंचा ८ बस्ने २२ वर्षका विशाल खत्री र सुन्दरहरैचा १२ बस्ने २३ वर्षका अर्पण गुरागाईँ रहेको प्रहरीले जनाएको छ । मोटरसाइकलमा सवार संखुवासभा चैनपुर २ बस्ने ३० वर्षीय लक्ष्मण खत्री तथा सुन्दरहरैचा ८ बस्ने २१ वर्षीय प्रवीण थापा गम्भीर घाइते भएका छन् । घाइते २ जनालाई उपचारको लागि गोल्डेन अस्पताल बिराटनगर पुर्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्