Logo

हेर्नुहोस यस्तो छ भक्तपुरको खरिपाटीमा चीनबाट फर्काइएका नेपाली सुत्ने कक्ष !

भक्तपुरको खरिपाटी स्थित विद्युत् प्राधिकरणमा बनाएको क्वारेन्टाइन भवनमा चीनबाट फर्काइएका नेपाली सुत्ने कक्ष, जहाँ सम्पूर्ण सामानको व्यवस्था गरिएको छ । चीनमा कोरोना भाईरसको महामारी फैलिए पछि नेपाल सरकारले चीन सरकारसँग चार्टर उडानको अनुमती लिई कोरोना फैलिएको आसपासमा अध्ययनरत बिद्यार्थीहरुलाई लिन शनिबार दिउँसो ३ बजेर ५० मिनेटमा नेपाल एरलाईन्को जहाज पठाएको छ ।

विद्यार्थीहरुलाई शनिवार राती अर्थात् आईतबार बिहान नेपाल ल्याउने तयारीका साथ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको हाे । कोरोना भा’इरसको प्रकोप फैलिएको चीनको हुवेई प्रान्तमा रहेका १ सय ८५ जना नेपालीलाई उद्धार गर्न सरकारले नेपाल वायुसेवा निगमको ३३०–२०० सिरिजको २७४ सिटे वाइडबडी विमान पठाएको स्वास्थ्य मन्त्रालयले विमानस्थमा आयोजना गरेको पत्रकार सम्मेलनमा जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार विमान चीन पुगेको २ घण्टा भित्रै नेपालीहरुलाई लिएर उड्ने तयारी भैरहेको छ । सम्भवत नेपाली टोली बोकेको बिमान आइतबार बिहान सम्म काठमाडौ पुग्ने छ । उता चीनका विभिन्न ठाउँमा रहेका नेपालीलाई पाँचवटा बसमा शनिवार साँझ सम्म हुबेई प्रान्तका वुहानमा जम्मा गर्ने प्रबन्ध मिलाइसकेको बेइजिङस्थित नेपाली दूतावासले गरिसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

चीनबाट ल्याइने नागरिकलाई खरीपाटीस्थित क्वारेन्टाइनसम्म लैजान पाँचवटा बस र पाँचवटा एम्बुलेन्स प्रयोग गरिन्छ । चीन गएका स्वास्थ्यकर्मीहरु खरीपाटीमा पनि उनीहरुको हेरचाहमा खटिने छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनीहरूलाई १४ देखि १७ दिन सम्म क्वारेन्टाइनमा राख्ने जनाएको छ । चीनबाट ल्याइने टोलीमा ४४ महिला रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्