शनिदेव अथवा शनि ग्रहकाे शांतिका लागि हाम्राे पौराणिक शास्त्रमा कैंयाै तरिका उल्लेख गरिएका छन् । जसमा प्रमुख रूपमा रुद्राभिषेक, हनुमानजी काे सेवा र हवन आदि शामिल छन् । यहाँ पाठकका लागि प्रस्तुत गरिएकाे छ शनि ग्रहकाे शांतिका लागि अनुभूत सरल उपाय ।
यी उपाय अपनाएमा अवश्य पनि शनिदेव प्रसन्न हुनेछन् ।
१. गाेधूली साँझमा कमिलालाई तिल र बाेडिकाे दाल चढाउनुहाेस्।
२. भगवान् शंकरलाइ कालाे तिल र काँचाे दूध नित्य चढाउनुहाेस् । यदि शिवलिंग पीपलकाे रूख मुनि छ भने अति उत्तम मानिन्छ ।
३. सुन्दरकाण्ड (रामायणमा हनुमान जीले गरेका महान् कार्य) काे पाठ पढ्नुहाेस्, सर्वश्रेष्ठ फल मिल्छ ।
४. सर्पलाइ दूध पिलाउनुहाेस् ।
५. मासकाे दाल शुद्ध जलमा बगाउनुहाेस् ।
६. मासकाे दाल भिखारीलाई दान गर्नुहाेस् ।
७. भैरव देवताकाे साधना, मन्त्र-जप आदि गर्नुहाेस् ।
८. भगवती माताकाे काली रूपकाे पूजा आराधना नगर्नुहोस् अत्यन्त शुभ फल प्राप्त हुन्छ ।
प्रतिक्रिया