Logo

कोरोनाभाइरस: चीनको वुहानबाट नेपाल फर्कने बस चढेका नेपालीहरू

वुहानबाट कोरोना भाइरस सङ्क्रमण सुरु भएपछि त्यहाँ रहेका नेपाली विद्यार्थीहरू आफ्नो कोठामा सीमित हुन पुगेका थिए।

उद्धार हुनुपर्ने दबाब बढ्दै जाँदा सरकारले दुई साताअघि उनीहरूको उद्धारको निर्णय गरेको थियो।

उनीहरू आइतवार बिहानका राति नेपाल आइपुग्ने बताइएको छ।

नेपाल आउन लागेका १ सय ८५ जनामध्ये लगभग सबैजसो हुबे प्रान्तका ६ वटा सहरका विश्वविद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरू छन्।

विमानस्थलमा स्वास्थ्य परीक्षणका लागि खटिएका व्यक्ति
सङ्क्रमण फैलन नदिनका लागि गत ज्यानुअरी २३ तारिखमा हुबे प्रान्तका विभिन्न सहरहरूमा यातायात बन्द गरिएपछि उनीहरू आफ्नै कोठामा बन्द हुन पुगेका थिए।

तीनसाता पछि विश्वविद्यालय बाहिर निस्केर विमानस्थलतर्फ जाने क्रममा ती विद्यार्थीहरूले लिएका तस्बिर र भिडिओ बीबीसीलाई पठाएका छन्।

प्रतिक्रिया दिनुहोस्