Logo

नेपाल र नेपाली जनतालाई ठुलो क्षति भयो : नेपालमा लाइसेन्स नपाएपछि चौधरी ग्रुपले युरोपमा किन्यो टेलिकम कम्पनी

काठमाडौं – चौधरी ग्रुप नेपालमा टेलिकम्युनिकेशन उद्योगका लागि लाइसेन्स नपाएपछि यूरोपमा यो व्यवसाय गर्नेगरी अगाडि बढेको छ। नेपालका एकमात्र बिलिनियर ब्यवसायी विनोद चौधरीले यूरोपको ‘मोल्डसेल’ टेलिकम्युनिकेशन कम्पनी किन्ने सम्झौता गरेका हुन्।

विनोद चौधरीको स्वामित्व रहेको सिजी सेल टेक्नोलोजी र यूरोपको ‘मोल्डसेल’ टेलिकम कम्पनीबीच गत शुक्रबार खरिदविक्री सम्झौता भएको छ। चौधरी ग्रुपका एक अधिकारीले सीजी टेल र टेलियाबीच शेयर खरिदविक्रीको सम्झौता भएको पुष्टि गरे। नाम नभन्ने शर्तमा उनले डिसी नेपालसँग भने, ‘यो सम्झौता भएकै हो। थप डेभल्पमेन्ट भएपछि कुरा बाहिर आइहाल्छ।’

सीजी टेलले नेपालमा कम्युनिकेशन व्यवसया गर्न सरकारसँग यूनिफाइड लाइसेन्स मागेको थियो। तर, सरकारले भने २० अर्व रुपैयाँ दिएमात्र लाइसेन्स दिने बताएको थियो। सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले २० अर्व राजश्व बुझाए लाइसेन्स पाउने बताएका थिए।

त्यसपछि चौधरी ग्रुपले पत्रकार सम्मेलन नै गरेर मन्त्रीले भनेको २० अर्व एकमुष्ट नभई नवीकरण शुल्क १० वर्षसम्म तिनुपर्ने कानूनी प्रावधान रहेको जनाएको थियो। यहीबीचमा सीजी टेलको ग्रामिण कम्युनिकेशन लाइसेन्ससमेत सरकारले खारेज गरिदिएको छ। र अर्को पत्रकार सम्मेलनमा सञ्चारमन्त्री बाँस्कोटाले सीजी टेलमाथि नै छानविन गर्नुपर्ने बताएका थिए।

यसरी सरकार र चौधरी ग्रुपबीच दोहोरी चलिरहेकै बेला सीजी टेलले यूरोपको मोल्ड सेल किन्ने सम्झौता गरेको हो।

सीजी क्रोप ग्लोबल अन्तर्गतको सिजी सेल टेक्नोलोजीले स्वीडेनको टेलियाको स्वामित्वमा रहेको वायरलेस अपरेटर मोल्डसेलको शतप्रतिशत सेयर स्वामित्व ३ करोड १५ लाख डलरमा किन्ने सम्झौता गरेको हो। आगामी २ महिनाभित्र किनबेच सम्पन्न हुनेछ।

टेलियाले विज्ञप्ति जारी गर्दै शेयर खरिदविक्रीको सम्झौता भएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्