Logo

भक्तपुरस्थित क्वारेन्टाइनमा राखिएका १७५ जना नेपालीबिधार्थी भन्छन्, हामी सुरक्षित छौं’ ,चिन्ता नगर्न सबैसँंग आग्रह !

नेपाल जस्तो देशले पनि आफूहरुले सोचे भन्दा बढी सेवासुविधा दिएर राखेको भन्दै नेपाल सरकारप्रति आभार प्रकट गरे। नेपाल फर्काइ क्वारेन्टाइनमा राखिएका नेपालीहरुले आफूहरु सुरक्षित भएको सुनाएका छन्।

नेपाल विद्युत प्राधीकरण तालिम केन्द्र खरिपाटी भक्तपुरस्थित क्वारेन्टाइनमा रहेका उनीहरुले नेपाल पुगेपछि पनि आफूहरुले विश्व स्वास्थ्य संगठनको अन्तर्राष्ट्रि«य मापदण्ड अनुसार सेवासुविधा पाएकोमा खुशी व्यक्त गरे।

नेपाल जस्तो देशले पनि आफूहरुले सोचे भन्दा बढी सेवासुविधा दिएर राखेको भन्दै नेपाल सरकारप्रति आभार प्रकट गरे। क्वारेन्टाइनमा रहेका नेपालीहरुले टेलिफोनमा नागरिकसँंग भने, ‘हामी सबैजना ठिक छौं, यहाँं सबै कुरा ठिकठाक छ। त्यसकारण कसैले केही पनि चिन्ता लिनुपर्ने अवस्था छैन।’

उनीहरुले आफूहरुप्रति चिन्ता लिएर सहानुभूति प्रकट गरेकोमा सबै नेपालीप्रति पनि धन्यवाद ज्ञापन गरे। उनीहरुले क्वारेन्टाइनमा राखिएको पहिलो दिन नै आफूहरु सबैको आवश्यक परिक्षणका लागि खकार र सिगान लगिएको जानकारी पनि गराए। साथसाथै स्वास्थ्य टोलीले नियमित निगरानीमा राखेको पनि जनाए।

यस्तै, त्यहाँं रहेका सबैलाई सुरक्षाको दृष्टिले अपनाउनुपर्ने सम्पूर्ण सेवासुविधाहरु उपलब्ध गराइएको बताए।
होचांग युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजीमा पीचएडी अध्ययनरत रही हाल क्वारेन्टाइनमा रहेका दिगम्वर खोतेजाले नेपाल आएपछि थप हाइजेनिक (स्वस्थ) खाना खान पाएकोमा विशेष आभार व्यक्त गरे।

‘हामीलाई यहाँं खानादेखि सबैकुराको राम्रो बन्दोबस्त छ, उनले भने, ‘आवश्यकता अनुसार स्वास्थ्यकर्मीको टोलीले नियमित चेकजाँंच गरिराहेको छ।’ उनले आफूहरु क्वारेन्टाइनमा रहेको क्षेत्र चाँंगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्रलगायतले पनि टेलिफोन सम्पर्क गरी चासो देखाइरहेकोमा धन्यवाद व्यक्त गरे।

कोही पढेर, कोही खेलेर त कोही खुला ठाउँं भएकोले निश्चित क्षेत्रमा हिडडुल गरेर रमाइलो गरिरहेको जानकारी उनले गराए। रमाइलोको लागि खेलकुदलगायतका विभिन्न सामग्रीहरु रहेकोले आफूहरुलाई दिन बिताउन पनि सहज भएको उनीहरुले बताए। क्यारेमलगायतका खेल खेली आफूहरु रमाइलोसँंग बसिरहेको भन्दै उनीहरुले चिन्ता नगर्न सबैसँंग आग्रह समेत गरे।

प्रतिक्रिया दिनुहोस्