रबि लामिछाने खेले फिल्म !
लोकप्रिय कार्यक्रम प्रस्तोता रवी लामिछानेले चलचित्रमा अभिनय गरेका छन् । सुरुवाती दिनमा चलचित्र पत्रकारिता मार्फत उदाएका रवी पछिल्लो समय भने कार्यक्रम प्रस्तोताको रुपमा परिचित छन् । यिनै रवीले गोपीकृष्ण मुभिजको व्यानरमा निर्माण भईरहेको चलचित्र ‘माईकल अधिकारी’ मा अभिनय गरेका हुन् । नेपालको पूर्वी भेगमा छायाँकन भईरहेको चलचित्रको सेट ज्वाइन गरेको केहि तस्वीर पनि सार्वजनिक भएका छन् ।
रवीको केमियो खिचिएसँगै चलचित्रको छायाँकन सकिएको छ । चलचित्रमा सौगात मल्ल ,सृष्टि श्रेष्ठ, अशान्त शर्मा, ऐनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, सुजना ढकाल, दिलिप बोहरा लगायतका कलाकारहरूको अभिनय रहेको छ । आउँदो चैत्र २८ लाई रिलिज डेट तय गरिएको चलचित्र भाडाको कोख अर्थात सरोगेशीको कथामा आधारित रहेको छ ।
फिल्मलाई रञ्जित रौनियारले निर्देशन गरिरहेका छन् । रञ्जित कै कथा रहेको फिल्ममा राजु बिक्रम थापाको छायाँकन, शैलेश कंडेल क्षेत्रीको पटकथा र संवाद, शम्भूजित बासकोटा र निलेश सिंहको संगीत र कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी रहनेछ । उद्धव पौडेल प्रस्तुतकर्ता रहेको फिल्मका निर्माता निरक पौडेल हुन् । कमेडी जनरामा निर्माण भइरहेको फिल्मको सम्पूर्ण छायाँकन बिर्तामोड र इलाममा गरिएको छ । फिल्मलाई रीच इन्टरटेनमेन्ट र जीजीएले वितरण गर्नेछ ।