पानीजहाजबाट उद्धार गरिएका ४० अमेरिकी नागरिकमा कोरोना स’ङ्क्रमण, जापानमा उपचार हुने !


जापानमा क्वारन्टीनमा राखिएको डाइमन्ड प्रिन्सेस क्रूज पानीजहाजबाट उद्धार गरिएका संयुक्त राज्य अमेरिकाका ४० जना नागरिकमा नयाँ कोरोनाभाइरसको स’ङ्क्र’मण देखिएको एक अमेरिकी अधिकारीले बताएका छन्। उनीहरू जापानमा उद्धार गरिएका ४०० अमेरिकी नागरिकमध्येका हुन्।

उद्धार गरिएकामध्ये अधिकांश व्यक्तिहरू दुईवटा अमेरिकी हवाईजहाजमार्फत्‌ स्वदेश फर्किरहेका छन्। तर स’ङ्क्र’मित व्यक्तिहरूलाई चाहिँ उपचारका लागि जापानकै अस्पतालहरूमा भर्ना गरिनेछ। झन्डै ३,७०० यात्री तथा चालक दलका सदस्यसहित डाइमन्ड प्रिन्सेस क्रूज पानीजहाजलाई फेब्रुअरी ३ तारिखदेखि जापानको योकोहामा बन्दरगाहमा क्वारन्टीनमा राखिएको छ।

उक्त पानीजहाजबाट हङ्‌कङमा ओर्लेका एक व्यक्ति नयाँ कोरोनाभाइरसबाट स’ङ्क्रमित भएको पाइएपछि पानीजहाजलाई क्वारन्टीनमा राखिएको हो।चीनबाहिर नयाँ कोरोनाभाइरसबाट स’ङ्क्रमित हुने यो सबैभन्दा ठूलो समूह हो। जापानी अधिकारीहरूले आइतवार बताएअनुसार पानीजहाजमा नयाँ कोरोनाभाइरसबाट स’ङ्क्रमित हुने व्यक्तिहरूको सङ्ख्या ७० बाट ३५५ पुगेको छ।

एक अमेरिकी यात्रीले क्वारन्टीनका प्रयासहरू विफल भएको बताउँदै आफूले पानीजहाजमा सुरक्षित महसुस नगरेको बीबीसीलाई बताइन्।

स’ङ्क्रमित ४० जना अमेरिकी नागरिकको जापानमै उपचार गरिने संयुक्त राज्य अमेरिकाको न्याश्नल इन्स्टिट्यूट अफ एलर्जी एन्ड इन्फेक्शस डिजीजेजका निर्देशक डा. एन्थोनी फाउसीले सीबीएस टेलिभिजनलाई बताए।

“यदि उडानमै रहेका बेला स’ङ्क्रमणका लक्षण देखिए भने त्यस्ता व्यक्तिहरूलाई अलग राखिनेछ,” उनले थपे। उद्धार गरेर अमेरिका लगिने व्यक्तिहरूलाई चाहिँ १४ दिनसम्म क्वारन्टीनमा राखिनेछ।“त्यसो गर्नुको कारण क्रूज पानीजहाजमा उनीहरू बसेको भनेको स’ङ्क्रमण फैलिने ठाउँमा भए सरह नै हो”, फाउसीले भने।

अन्य उडानमार्फत्‌ इजरेल, हङ्‌कङ र क्यानडाका नागरिकहरूको उद्धार गरिनेछ। यसैबीच नयाँ कोरोनाभाइरसको केन्द्रबिन्दु चीनको हुबे प्रान्तमा मानिसहरूको गतिविधिमा थप कडाइको घोषणा गरिएको छ।

त्यहाँका मानिसहरूलाई घरभित्रै रहन भनिए पनि आपत्कालीन अवस्थामा चाहिँ निस्किन दिइनेछ। त्यसका साथै खाद्यान्न तथा अन्य सामान खरिद गर्न दिनका निम्ति प्रत्येक घरबाट एक जनालाई हरेक तीन दिनमा बाहिर निस्किन अनुमति दिइनेछ।

‘हाउजिङ्’हरूको एउटा प्रवेशद्वारा खुला राखिनेछ। त्यहाँ बस्ने मानिसहरूले मात्रै आउजाउ गर्ने कुरा सुनिश्चित गर्नका लागि सुरक्षा निगरानी गरिनेछ।

औ’षधि पसल, होटल, खानेकुरा विक्री हुने पसल र चिकित्सकीय सेवाबाहेकका सबै कारोबार बन्द रहनेछन्।अत्यावश्यकीय सामान ओसारपसारमा प्रयोग हुने कारहरूलाई चाहिँ गुड्न छुट दिइनेछ।