Logo

चर्चित कार्यक्रम प्रस्तोता रवी लामिछानेले फिल्ममा अभिनय गरेका छन् ।

पछिल्लो समयका पपुलर कार्यक्रम प्रस्तोता रवी लामिछानेले फिल्ममा अभिनय गरेका छन् । सुरुवाती दिनमा चलचित्र पत्रकारिता मार्फत उदाएका रवी पछिल्लो समय भने कार्यक्रम प्रस्तोताको रुपमा परिचित छन् । यिनै रवीले गोपीकृष्ण मुभिजको व्यानरमा निर्माण भईरहेको फिल्म ‘माईकल अधिकारी’ मा अभिनय गरेका हुन् ।

नेपालको पूर्वी भेगमा छायाँकन भईरहेको फिल्मको सेट ज्वाइन गरेको केहि तस्वीर पनि सार्वजनिक भएका छन् ।
रवीको केमियो खिचिएसँगै फिल्मको छायाँकन सकिएको छ । झापा र इलामको मनोरम दृश्यमा फिल्मको छायाँकन ३६ औँ दिनमा सकिएको हो । आइतवार फिल्म युनिटले पुर्वमा पत्रकार सम्मेलन गर्दै फिल्मको छायाँकन सकिएको जानकारी दिएको हो ।

फिल्ममा सौगात मल्ल ,सृष्टि श्रेष्ठ, अशान्त शर्मा, ऐनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, सुजना ढकाल, दिलिप बोहरा लगायतका कलाकारहरूको अभिनय रहेको छ ।फिल्ममा सौगात र सृष्टी आर्थिक संकटमा रहेको जोडीको भूमिकामा छन् । पैसाको लागि बच्चा जन्माई दिने (सेरोगेसी) अर्थात कोखलाई भाडामा लगाउने भूमिकामा सृष्टी छिन् ।

उनले यसलाई च्यालेन्जिङ भूमिकाको रुपमा समेत लिएकी छिन । आउँदो चैत्र २८ लाई रिलिज डेट तय गरिएको फिल्म भाडाको कोख अर्थात सरोगेशीको कथामा आधारित रहेको छ ।फिल्मलाई रञ्‍जित रौनियारले निर्देशन गरिरहेका छन् । रञ्‍जित कै कथा रहेको फिल्ममा राजु बिक्रम थापाको छायाँकन, शैलेश कंडेल क्षेत्रीको पटकथा र संवाद, शम्भूजित बासकोटा र निलेश सिंहको संगीत र कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी रहनेछ ।

उद्धव पौडेल प्रस्तुतकर्ता रहेको फिल्मका निर्माता निरक पौडेल हुन् । कमेडी जनरामा निर्माण भइरहेको फिल्मको सम्पूर्ण छायाँकन बिर्तामोड र इलाममा गरिएको छ । फिल्मलाई रीच इन्टरटेनमेन्ट र जीजीएले वितरण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्