Logo

निवर्तमान उपसभामुख तुम्बाहाङ्फे कानुनमन्त्रीमा नियुक्त भएकी छन् आज ३ बजे सपथ ग्रहँन कार्यकम !

निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाङ्फे कानुनमन्त्रीमा नियुक्त भएकी छन् । प्रधानमन्त्री केपी ओलीले उनलाई रिक्त रहेको कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले रातोपाटीलाई जानकारी दिए ।

सल्लाहकार थापाका अनुसार तुम्बाहाङ्फेलाई सोमबार साढे तीन बजे शपथ ग्रहण गराउने तयारी भएको छ । यसअघि, उपसभामुख पदबाट राजीनामा दिने विषयमा विवाद चलिरहँदा तुम्बाहाङ्फले उपसभामुख पद मन्त्री पदका लागि नसाट्ने बताउँदै आएकी थिइन् ।

लामो समयको विवादपछि उनले अन्ततः राजीनामा दिएकी थिइन् । उनले राजीनामा दिएसँगै अग्निप्रसाद सापकोटा सभामुख पदमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्