कोरियामा अचम्मै भयो : पत्याउन गाह्रो तर ४ वर्ष अघि स्वर्गवास भएकी छोरीसँग आमाको पुनर्मिलन ! (हेर्नुस भिडियो)
हालै विज्ञानको ‘चमत्कार’ का कारण, एउटी आमाले आफ्नी म’रिसकेकी छोरीसंग भेटेकी छिन्। जसको चार वर्ष अघि अर्थात् २०१६ मा एउटा रोगको कारण ज्या’न गएको थियो। यो अनौठो घ’टना दक्षिण कोरियाको हो। वास्तवमा, यहाँ ‘मीटिंग यू’ नामक एक टिभी कार्यक्रम सुरु भएको थियो।
यस कार्यक्रममा एक आमालाई वैज्ञानिक ढंगले उनको म’रिसकेकी छोरीसंग पुनः भेट गराइएको छ। यसै क्रममा, आमाले आफ्नी छोरीलाई छोइन्, कुराकानी गरिन् र एक अर्कासंग माया पनि साटासाट गरिन्। यति मात्र नभई, म’रेकी छोरीले आफ्नी आमालाई फेरि भेट्न आउने कुराको आश्वासन पनि दिइन्। वास्तवमा, दुबैको भेट ‘भर्चुअल रियालिटी’ मार्फत भएको थियो। भर्चुअल वास्तविकता एक कृत्रिम वातावरण वा दृश्य हो।
जुन ‘कम्प्युटर हार्डवेयर’ उपकरण र ‘सफ्टवेयर’को प्रयोग गरी बनाईएको हुन्छ। यो कृत्रिम वातावरण वा दृश्य यस्तो तरिकाले प्रस्तुत गरिएको हुन्छ, कि सबै कुरा वास्तविक देखिन्छ। रिपोर्टका अनुसार, ‘भर्चुअल रियालिटी’को मार्फत ‘जांग जी-सुंग’ की छोरी नीयनकी शरीर वास्तविक तरिकाले नै पुनर्निर्माण गरिएको थियो। यस पछि, छोरीको आवाज पनि हाले र टिभी कार्यक्रम ‘मीटिंग यू’मा आमा र छोरीको कुरा गराए। जब जांग जी-सुंगले आफ्नो छोरीलाई देखिन्, तब उनी आफ्नो मन थाम्न नसकेर रोइन्।
यो दृश्य देखेर दर्शक, नीयनका बुबा र उनका भाइबहिनीहरु पनि रुन थाले। यद्यपि, आखिर यसो गर्नु सहि हो कि होइन भन्ने मु’द्दा अब विश्वभर चर्चाको विषय बनेको छ। कैयौं ठाउँमा म’रिसकेको व्यक्तिलाई अपाकृतिक रुपमा प्रयोग गरेको भनेर पनि आलोचना गरि रहेका छन्। यस्तो अवस्थामा परिवारको मानसिक अवस्था बिग्रन सक्ने खतरा पनि रहेको हुन्छ।