Logo

रवि लामिछाने चलचित्रको प्रचारप्रसारमा: राम्रो कथावस्तुमा फिल्म बने हेरिदिनु भनेर ‘रडाको’ मच्चाईरहनु पर्दैन : रवि लामिछाने

इलाम – सञ्चारकर्मी रवि लामिछानेले राम्रो कथावस्तुमा फिल्म बने हेरिदिनु भनेर ‘रडाको’ मच्चाईरहनु नपर्ने बताउनु भएको छ ।

नेपालमा निकै चर्चामा रहेको भाडामा कोख दिने आमाको बिषय बस्तुमा आधारित चलचित्र ‘माइकल अधिकारी’को छायाङ्कन सम्पन्न भएको अवसरमा झापाको विर्तामोडमा आयोजित कार्यक्रममा सञ्चारकर्मी लामिछानेले राम्रो कथा बस्तुमा फिल्म बन्यो भने फिल्म आफै चल्ने पनि प्रष्ट पार्नुभयो ।

कथाबस्तु राम्रो छैन भने चलेका कलाकार राखेर मात्र अवको समयमा चलचित्रले सफलता प्राप्त गर्न नसक्ने निष्कर्ष सुनाउँदै उहाँले चलचित्रकर्मीहरुले अन्य प्रचारमा गर्ने खर्चलाई कथा बस्तुमा खर्च गर्न सुझाब पनि दिनु भयो ।

गोपीकृष्ण मुभिजको ब्यानरमा बनेको चलचित्रमा कलाकारहरु सौगात मल्ल, श्रृष्टि श्रेष्ठ, हेमन्त बुढाथोकी र बिद्मा कार्कीको मुख्य भुमिका रहेको निर्माता निरक पौडेलले जानकारी दिनुभयो । आशान्त शर्मा, एनी कुवर,सुजना ढकाल, दिलिप बोहोरा, जमाईमा टोम्स साथै झापाको चर्चित नाट्य समुह परिवर्तन थ्रिएटरका कलाकारहरुको समेत चलचित्रमा अभिनय रहेको बताईएको छ ।

रञ्जित रौनियारको निर्देशनमा बनेको चलचित्रको निर्माता निरज पौडेल र प्रस्तुतकर्ता उद्घव पौडेल रहनु भएको छ । चलचित्रमा राजु थापाको छायाँङ्कन रहेको छ । यस चलचित्रमा अहिले सम्मकै भिन्न अभिनय रहेको अभिनेता सौगात मल्लको भनाइ छ ।

फिल्ममा सौगात र श्रृष्टि आर्थिक अवस्था कमजोर भएको जोडीको रुपमा देखिने छन् । श्रृष्टिले पैसाको लागि अरुका निम्ति बच्चा जन्माइ दिने विवाहित महिलाको भूमिका निभाएकी छिन् । यो चलचित्र मार्फत आफ्नो काम देखाउने अवसर मिलेको अभिनेत्री श्रृष्टिको भनाइ छ ।
चलचित्रको छायांकन इलाम र झापाका बिभिन्न स्थानमा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्