Logo

महराले सफाइ पाएपछि रोशनीले ‘अदालतलाई धन्यवाद’ दिंदै खोलिन सबै कुरा !

महराले सफाइ पाएपछि रोशनीले ‘अदालतलाई धन्यवाद’ दिंदै खोलिन सबै कुरा ! संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि क’रणी प्रयास गरेको अभियोगमा जेल जीवन विताइरहेका पूर्व सभामुख कृष्ण बहादुर महरालाई जिल्ला अदालत काठमाडौंले निर्दोष ठहर गरेको छ ।

महरा प्र’क’रणमा पीडित भनिएकी रोशनीले नै जिल्ला अदालत काठमाडौंको फैसलालाई ‘धन्यवाद’ दिएकी छिन् । उनले महरालाई सफाई दिने अदालतको फैसलाले ‘न्याय जीवित रहेको’ सन्देश दिएको समेत बताइन् ।

‘अदालतले जे गरेको छ निकै राम्रो गर्यो । यो देशमा न्यायलय जीवित रहेछ भन्ने सन्देश दिएको छ । न्यायलय प्रति हाम्रो विश्वास बढेको छ,’ रोशनीले भनिन्,‘यहाँ घटनालाई राजनीतिकरण गरियो । यो सबैले बुझेकै कुरा हो । यो मैले भनिरहन पर्दैन ।’

उनले महरालाई पतन गराउने हिसाबले षड’यन्त्र भएको समेत खुलाशा गरिन् । उहाँलाई पतन गराउने षडयन्त्र थियो । जतिसुकै षड्य’न्त्र गरेपनि सत्य र न्यायको जीत हुन्छ भन्ने अदालतको आदेशको सन्देश हो,’ रोशनीले भनिन्,‘आम सञ्चार माध्यमले पनि कति धेरै उचालेको थियो ।

यतिसम्म गरियो की गर्नुसम्म हर्कत गरियो । सुन्न बाँकी र भन्न बाँकी केही पनि छैन ।’महरामाथि लागेको दा’गको विषयमा प्रश्न गर्दा उनी दा’ग नै नलागेको बताउँछिन् । उहाँमाथि दा’ग लागेको होइन । अर्काले थोपरदिएको दा’ग हुन्। उहाँ आफैले लगाउनु भएको होइन । अर्काले थोपरिदिएको दा’गलाई दा’ग भनिँदैन ।

त्यो मेटाउन सकिन्छ । आफैले मेटाउन पर्छ । हाम्रो सेटो कपडामा लागेको दाग आफैले धोई पखाली मेटाउने हो,’ उनले भनिन्,‘म अदालत गएको थिइन । तर, सम्मानित अदालतले गरिमा राख्यो । धन्यवाद दिन चाहान्छु । आगामी दिनमा निष्पक्ष न्याय निसाफ गरोस् भन्ने मेरो कामना छ ।’

सोमबार जिल्ला अदालत काठमाडौंका मुख्य न्यायधीश अम्बर राज पौडेलको इजलाशले महरालाई निर्दोष रहेको भन्दै सफाई दिने फैसला गरेको हो । सफाई पाएका महरा आजै कारागार मुक्त हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्