Logo

चीनले ६ दिनमा मास्क फ्याक्ट्री बनाउने ! सेयर गरौ

चीनले बेइजिङमा ६ दिनभित्र मास्क फ्याक्ट्री बनाउने भएको छ । भाइरस प्रकोपका कारण मास्क अभाव भएपछि चीन कन्सट्रक्सन फस्र्ट कम्पनीले औद्योगिक भवन बनाउन लागेको हो । अधिकारीहरूले जनाए अनुसार उक्त्त फ्याक्ट्रीले प्रतिदिन २ लाख ५० हजार मास्क उत्पादन गर्नेछ ।

सोमबार बनाउन सुरु गरेको भवन यसै हप्ताको शनिबार तयार हुने बताइएको छ । उक्त मास्क उद्योगमा कामदारहरूलाई भाइरसको संक्रमणबाट बचाउन प्रत्येक दिन स्वास्थ्य जाँच गरिने र लक्षण देखिएका कामदारहरूलाई अलगै राख्ने व्यवस्था गरिएको छ ।

हुबेइ र वुहान भाइरसबाट सबैभन्दा बढी प्रभावित भएका छन्। हुबेइका मानिस आपत्कालीन अवस्थामा बाहेक अरु समय निस्किन नपाउने घोषणा समेत गरिएको छ ।

कोभिड १९ बाट मृत्यु हुनेको संख्या १ हजार ७ सय ७२ पुगेको छ। साथै भाइरसबाट संक्रमित हुनेको संख्या ७० हजार ६ सय ३५ पुगेको पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्