Logo

पुरा पढ्नुहोस : जङ्गली जीवजन्तुको अवैध शिकारले चीनमा कोरोना जीवाणु फैलिएको पुष्टी ! शेयर गर्नुहोला

कोरोना जीवाणुको स्रोतका लागि तिनै अव्यवस्थित जङ्गली जनावरमाथि औंला तेर्सिएको छ । एक दर्जनभन्दा बढी चिनियाँ शहरहरूका ६ करोडभन्दा बढी मानिस बन्दीझैं अवस्थामा छन् । यही कारण वन्यजन्तुहरूको बिक्रीलाई स्थायी रूपमा प्रतिबन्ध लगाउनु पर्ने आवाज उठेको छ । धेरैको विचारमा स्वादिष्ट मासुको नाममा वन्यजन्तुको खोजी गर्ने सीमित धनी मानिसका कारण यसको व्यापार फस्टाएको हो ।

टेनेसीको मेम्फिसमा रहेको सेन्ट जुड चिल्ड्रेन्स रिसर्च अस्पतालका इन्फ्लूएन्जा जीवाणु विज्ञ रोबर्ट वेब्स्टरले भन्नुभयो, “पशुपक्षीमा जीवाणुको संख्या अथाह छ, तर ती सबै मानिसमा स’ङ्क्र’मित हुन पाएको छैन । यी जीवाणुले कुनै पनि बखत मानिसलाई हा’नि गर्न सक्छन् ।”

सार्स र हाल फैलिएको कोविड–१९ ले मानिसलाई दुःख दिएको र रोग सारेको उदाहरण पहिलो भने होइन । अफ्रिकामा “बु’शमिट” का नाममा पशुपक्षीको शिकार र बिक्रीबाटै प्रा’णघा’तक इ’बोला फैलिएको मानिन्छ । ब’र्ड ‘फ्लू सम्भवतः सन् १९९७ मा हङकङको बजारमा कुखुराबाट आएको थियो । दादुराको जीवाणु पनि गाईवस्तुबाट स’ङ्क्र”मण भएर मानिसमा आएको विश्वास गरिन्छ ।

वैज्ञानिकहरूले नयाँ कोरोनाभाइरस पहिलो पटक कसरी स’ङ्क्रमित भएर मानिसमा आयो भन्ने ठ्याक्कै ठम्याउन सकेका छैनन् । प्रमाणहरुले चमेरोबाट कोरोनाभाइरस उत्पत्ति भएको हुन सक्ने देखाएका छन् । यी चमेराले अरु पशुपक्षीलाई स’ङ्क्र’मित गरेका र यसले चीनको दक्षिणपूर्वी शहर उहानको अबैध बजारमा मानिसहरूलाई स’ङ्क्र’मित गरेको आशंका छ ।

अहिले बन्द अवस्थामा रहेको “हुनान सिफुड होलसेल मार्केट (हुनान समुद्री थोक बजार)” ले दर्जनौं किसिमका वन्यजस्तुको मासु बिक्रीको विज्ञापन नै गरेको थियो जसमा विशाल छेपारो, गोहीको बच्चा र जंगली कुकुर जस्ता दर्जनौं प्रजातिका जीवजन्तु समेटिएका थिए । यी जीवजन्तुको फर्ममा उत्पादन गरिए पनि यिनीहरुलाई अक्सर वन्यजन्तुकै श्रेणीमा राखिन्थ्यो ।

उहान बजारबाट सङ्कलित ३३ वटा नमुना परीक्षणमा कोरोनाभाइरस स’ङ्क्र’मण पुष्टी भएको अधिकारीहरूले बताएका छन्, र तीमध्ये ३१ जना वन्यजन्तुकै कारोबार हुने केन्द्र वरपर भेटिएका थिए । घरमा लामो समय पालिने कुखुरा र सुँगुर जस्ता पाल्तु पशुसँग तुलना गर्दै विज्ञहरुले जङ्गली जनावरहरूमा पाइने जीवाणुका बारेमा कमै जानकारी रहेको बताएका छन् ।

उहानको पशुपक्षी बजार एशिया र अन्यत्र जस्तै थियो, जहाँ जनावरहरू बाँधिएका वा पिंजडामा राखिएका हुन्छन् । अधिकारकर्मीहरुका अनुसार कानुनी रूपमा पालिएका र अवैध रूपमा शिकार गरिएका जनावरबीचको भिन्नता छुट्याउन गाह्रो छ । प्रायः ताजा बेच्ने भन्दै बजारमा जताततै मा”रिन्छन् । विज्ञहरूले मानिसको सानो असावधानीले पनि समस्या निम्त्याउने र नयाँ जीवाणुहरु मानिसमा स’ङ्क्र’मित हुने खतरा औंल्याउँछन् ।

“तपाईंले जिउँदो जनावर देख्नुभयो भने त्यो पूरै मलमूत्रले ढाकिएको हुन्छ । जथाभावी का”ट्ने” गरिएका कारण जताततै र’गत”’ पनि लागेको हुन्छ,” इकोहेल्थ एलायन्सका अध्यक्ष पिटर दासजाकले बताउनुभयो । यो संस्थाले नयाँ रोगहरुबाट मानिसलाई जोगाउन तथा वन्यजन्तुको संरक्षणका क्षेत्रमा काम गरिरहेको छ ।

दासजाकले अधिक विश्वव्यापी यात्रा र व्यापारको सिलसिलामा मानिसको घुमफिर हुने भएपछि रोग फैलिने जोखिम बढ्नु स्वाभाविक रहेको बताउनुभयो । ह्युस्टन विश्वविद्यालयमा चिनियाँ राजनीति विषयमा अध्ययनरत पिटर लीले चिनियाँहरुले वन्यजन्तुको स्वाद लिन थालेको नयाँ हो भन्नुभयो । देशको आर्थिक बृद्धिका कारण मानिसमा नयाँ किसिमका पशुको स्वाद लिने प्रवृत्ति बढेको उहाँको भनाई छ । चिनियाँ सामाजिक सञ्जालमा यतिखेर केही सीमित धनी वर्गको असन्तुष्टीले आम मानिसको स्वास्थ्यमा खेलवाड गरेको र जोखिम बढाएको भन्दै तिब्र आलोचना भइरहेको छ ।

“यो दोस्रो पटक हो … पहिलो सा”र्स हो, यस पटक उहानमा देखियो । हामी तेस्रो पटक यस्तो चाहँदैनौं,” सिचुआनबाट लाई जिनपिङले फोनमा बताउनुभयो । “हामी उनीहरुलाई घृणा गर्दछौं,” ३६ वर्षीया गृहिणी ताओ यीवेईले भन्नुभयो । उहाँ पनि वन्यजन्तुको बेचबिखनमा अस्थायी होइन, स्थायी प्रतिबन्ध लगाउनु पर्नेमा जोड दिनुहुन्छ ।

यसै महिना चिनियाँ राष्ट्रपति सी चिनफिङले जनस्वास्थ्यमा जो’खिम निम्त्याउने वन्यजन्तुको अ”वैध कारोबारलाई “पूर्णरुपले अ”वैध र कडाइका साथ प्रतिबन्ध” लगाउने घोषणा गर्नु भएको छ । पूर्वी प्रान्त आन्हुईमा अधिकारीहरूले जंगली ब्याजर र मुसाहरुको फार्म चलाउन प्रतिबन्ध लगाएका छन् । तियानजिन बन्दरगाहमा वन्यजन्तुको बिक्रीमा संलग्न रहेको आरोपमा छजना व्यापारीलाई गिरफ्तार गरेको छ ।

चिनियाँ अधिकारीहरूका अनुसार हुवेईमा कोरोनाको स’ङ्क्र”’मण देखिएपछि देशभर करिब १५ लाख बजार र अनलाइन संचालकको अनुगमन र जाँच गरिएको छ । करिब ३ हजार ७०० पसल बन्द गरिएका छन् भने करिब १६ हजार प्रजनन साइटलाई घेराबारा गरिएको छ । यी उपायहरू आगामी दिनमा कसरी निरन्तरता पाउँछन् भन्ने अद्यापी स्पष्ट छैन । यो प्रकोप सुरु हुनुभन्दा अघि चीनमा ५४ प्रजातिका पशुपक्षी बेच्न अनुमति थियो । तर घरपालुवा वा जङ्गली हुन् भन्ने छुट्याउन भरपर्दो व्यवस्था नहुँदा समस्या थियो ।

प्रतिक्रिया दिनुहोस्