Logo

४८ घण्टे क्वारेन्टाइनपछि वुहानबाट नेपालीहरू लिएर आएको जहाज आजबाट उड्ने ! पुरा पढ्नुहोस

आजबाट चीनको वुहानबाट नेपालीहरू लिएर आएको जहाजले ४८ घण्टे क्वारेन्टाइनपछि नियमित उडान गर्ने भएको छ । आइतवार राति चीनको वुहानबाट १ सय ७५ जना नेपालीकाे उद्धार गरी काठमाडौं ल्याएको नेपाल एयरलाइन्सको वाइडबडी जहाजलाई पनि ४८ घण्टा क्वारेन्टाइनमा राखिएको थियो ।

जहाजलाई विश्व स्वास्थ्य संगठन डब्लूएचओको मापदण्डअनुसार डिप क्लिनिङ गरी मंगलबारबाट नियमित उडान गर्न तयार गरिएको नेपाल एयरलाइन्सका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् । उनले जहाजको सम्पूर्ण सिट कभर नयाँ राख्नेदेखि औषधिजन्य स्प्रे छर्केर जहाज पूर्णरुपमा सरसफाइ गरेर नयाँ उडान भर्ने भएकाले यात्रुहरुलाई ढुक्क हुन आग्रह गरेकी छिन् ।

जहाजले मंगलबार राति ९ बजेर ५० मिनेटमा दोहा उडान गर्ने छ । आइतबार राति वुहानबाट काठमाडौँ अवतरण गरेको जहाजका यात्रुसँगै चालक दलका सबै सदस्य हाल क्वारेन्टाइनमै रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्