Logo

चलचित्रको प्रचारमा भ्याई-नभ्याई धुर्मुस-सुन्तली !

धुर्मुस-सुन्तलीले चलचित्र बनाएका छन् । उनीहरुको निर्माणमा बनेको चलचित्र ‘सेन्टी भाइरस’ यहीँ फागुन ९ गतेबाट रिलिज हुदैँछ । रिलिज मिति नजिकिदै गर्दा उनीहरु चलचित्रको प्रचार प्रसारमा व्यस्त बनिरहेका छन् ।

सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’ अहिले विभिन्न मिडियामा पुगिरहेका छन् । मिडियामा मात्र होइन, उनीहरु विभिन्न रियालिटी शो र टेलिसिरियलहरुमा पुगिरहेका छौँ ।

गत बिहिबार रिलिज प्रशारण भएको टेलिसिरियल ‘सक्किगोनी’मा सिताराम कट्टेल चलचित्रका मुख्य अभिनेता दयाहाङ राई सहित देखिएका थिए । उता, ‘हल्का रमाइलो’ नामक सिरियलमा पनि चलचित्रको प्रचारको लागि विल्सन विक्रम राई पुगेका थिए ।

त्यस्तै, मंगलबार प्रशारण भएको टेलिसिरियल ‘मेरी बास्सै’मा पनि धुर्मुस-सुन्तली देखिए । मेरी बास्सैबाट नै जन्मिएका धुर्मुस-सुन्तली ‘मेरी बास्सै’मा फर्किए । त्यहाँ पुगेर उनीहरुले आफ्नो पूरानो भूमिकालाई दोहोर्‍याए । जुन कुरालाई पनि दर्शकले निकै स्विकारेका छन् ।

त्यस्तै उनीहरु ‘कमेडी च्याम्पियन’को सेटमा पनि देखिएका छन् । त्यहाँ पुगेर पनि उनीहरुले चलचित्रको प्रचार गरेका छन् ।

योसँगै काठमाडौंका ट्याक्सीहरुमा पनि चलचित्रको पोस्टर टासिएको छ । काठमाडौंमा कुद्ने ५० हजार साधनहरुमा चलचित्रको पोस्टर टासिएको छ ।

रामबाबु गुरुङले निर्देशन गरेको चलचित्रमा दयाहाङ राई, सिताराम कट्टेल (धुर्मुस), कुञ्जना घिमिरे (सुन्तली), विल्सनविक्रम राई, बुद्दि तामाङ, राजाराम पौडेल, बसन्त भट्ट, कमलमणि नेपाल, सन्दीप क्षेत्री, पवन खतिवडा, एलिश राई, सुनिता घिमिरे लगायतको अभिनय छ । चलचित्रलाई कुमार कट्टेल र दीपक आचार्यले लेखेका हुन् ।

चलचित्रले कमाएको ५० प्रतिशत नाफाको रमक गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालामा सहयोग गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्