महावीर पुनका लागि संगीतका का बादशाह राजेश पायल राईको पोर्चुगलमा भब्य कन्सर्ट !


“राई इज किङ” अर्थात गीत संगीतका का बादशाह राजेश पायल राईले पोर्चुगल लगायत युरोपभरि धमकेदार प्रस्तुति पस्किएर बेलायत प्रस्थान गरेका छन् ।

गीत र संगीत क्षेत्रका होनहार एवं बहुआयामिक प्रतिभा राइलाइ नसुन्ने सायदै होलान ! उनी गीत संगीतमा जति प्रखर छन् त्यतिकै मात्रामा च्यारिटी सहयोगलागि पनि अग्रसर हुने गर्छन् ।

अहिले चर्चाको शिखरमा रहेको तर आर्थिक अवस्थाले संकटमा गुज्रिरहेको डा.महावीर पुनद्वारा स्थापित रास्ट्रिय आविस्कार केन्द्रको सहयोगार्थ पोर्चुगल राजधानी लिस्बन र लिस्बन बाहिर साओ तोतोनियोमा गायक राईले भब्य सांगीतिक कन्सर्ट दिएका छन् ।

लिस्बनमा किराँत राई सोसाइटी पोर्चुगल र लिस्बन बाहिर नेपाली समाज साओतोतोनियो, अलेन्तेजोले कार्यक्रमहरुको आयोजना गरेको थियो।

साओतोतोनियो, अलेन्तेजो झन्डै हजार दर्शकको खचाखच भरिएको भिडमा राईले विभिन्न सांगीतिक प्रस्तुतिहरु दिंदा मन्त्रमुग्ध भएर झुमेका सहभागीहरुले बारम्बार हुटिङ गर्दै थप गीत गाउन आग्रह गरेका थिए ।

कन्सर्टमा खर्च भएको रकम कटौती गरेर बाँकी रकम सबै आविस्कार केन्द्रलाई हस्तान्तरण गर्ने आयोजकहरुले घोषणा गरेका छन् । आफ्नो सांगितिक प्रस्तुतिको क्रममा उनले दर्शन नमस्ते, राई इज किङ ,सागर सरि चोखो माया लगायतका थुप्रै गीतहरु दर्शकमाझ गाएका थिए ।

यस अघि फेब्रुअरी ९ तारीख लिस्वनमा पनि गायक राई लिस्बनमा पनि धमाका मच्चाएका थिए ।

विभिन्न ठाउँको सांगीतिक कन्सर्टको क्रममा आजै राई बेलायतको राजधानी लन्डन पुगेका छन् । त्यहाँ पनि उनको भब्य सांगीतिक कार्यक्रम हुने बताईएको छ।

बिदेशी भूमि ,हरेक समय कामको चापमा रहदै गर्दा नातागोता र साथीभाइसँग भालाकुसारी गर्न पनि समयको अभाव भैरहने अबस्थामा थकानलाई मुक्त गर्न मानिस उपायको खोजिमा हुन्छ।जब मानिसहरु संगीतको धुन भेटाउछन् तब आनन्द महशुस गर्न थाल्छन् ।गीतको कर्णप्रीय रागमा डुबेपछि सबैले आफ्नो पीडा,दुख बिर्षेर मनोरञ्जनको छालमा दौडिन सुरु गर्छन्।

त्यस्तै गहिरो थकान र तनावलाई मत्थर पार्न एक दिन भएपनि संगीतको चौतारी भेटाए पोर्चुगलबासी नेपालीहरुले।त्यो पनि गायन क्षेत्रका बहुचर्चित एवम् होनहार गायक राजेश पायल राई सँग गीतमा भावनाका तरंग साटासाट गर्ने सुबर्ण अबसर।

किराँत राई समाज पोर्चुगलको आयोजनामा फेब्रुअरी ९ तारीख गायक राईले भब्य प्रस्तुतिका साथ सयौं दर्शकको माझमा स्टेज तताएका थिए।राईले जतिखेर स्टेजमा गीत गाउन सुरु गरे बालबालिका देखि बुढाबुढिसम्म गीतको तालमा नाचेर मनोरञ्जन लिएका थिए।

प्रेम दिबसको संघारमा गायक राईको सांगीतिक कार्यक्रम पनि हुनु,प्रेम जोडिको लागि पनि सुनौलो अबसर जुट्न पुग्यो।गायक राईले फेरी फेरी नाइ नभन्नु ल,माया बस्यो एकै नजरमा,ए हजुर दर्शन नमस्ते,सागर सरी चोखो माया लगायत दर्जनौ गीतहरु गाएर दर्शकहरुलाई एकछत्र झुमाएका थिए।

कार्यक्रम लिस्वनको काइसदो सुद्रेमा रहेको टाईमआउट हलमा भएको थियो भने दर्शकहरू सयौको संख्यामा उपस्थित थिए।खचाखच दर्शकले भरीएको हलले गर्दा कतिपय दर्शक बाहिरै बसेर पनि गीत सुनेका थिए।

कार्यक्रममा विभिन्न संघ-सस्थाका प्रमुख,प्रतिनिधि,पत्रकार ,स्थानीय कलाकार साथै स्थानीय पोर्चुगिस दर्शक पनि उपस्थित भएर निकै चासो पुर्वक हेरेका थिए।