हिन्दू समाजमा कसैको मृत्यु भए सबै कर्ममा पुरुषकै सहभागिता हुनुपर्ने मान्यता छ । दा’हसं’स्कारदेखि हुने हरेक क्रियाकर्ममा महिलाको सहभागितालाई बर्जित गरिएको छ।
झन् तराई/मधेसमा त यस्ता काममा महिलालाई झनै कडाइ गरिएको छ । त्यहाँ अहिलेसम्म महिलालाई घुम्टोभित्रै राख्ने चलन पूर्णरुपमा हटिसकेको छैन ।
नि’धन भएका व्यक्तिको श’व दा’हसं’स्कारका लागि घा’टसम्म लग्नुपर्दा पुरुषले नै बोक्नुपर्ने, महिलाहरु उक्त स्थानसम्म जान नपाउने संस्कार रही आएकोमा धनुषाका महिलाहरुले यस्तो संस्कृतिलाई चु’नौती दिएका छन् । नि’धन भएका आफन्तको शवलाई आफ्नो काँधमा बोक्दै दा’हसं’स्कारका लागि खोला छेउसम्म महिलाहरुले नै लगेका छन् ।
मंगलबार धनुषाको सबैला नगरपालिका वडा नम्बर २ निवासी रामनारायण यादवको नि’धन भयो । नेपाली कांग्रेसका कृयाशील सदस्यसमेत रहेका यादवको नि’धन भएपछि उनको पार्थिव शरीरलाई पुरुषले काँधमा बोकेनन् । महिलाले नै बोके । मृ’त्युको यो घ’टना आफैंमा दुःख त हो नै, तर, महिला सशक्तिकरणको एउटा दरिलो उदाहरण पनि बन्न पुग्यो ।
पाँच छोरीका पिता रामनारयणको नि’धनपछि गाउँमा छलफल भयो । दा’हसं’स्कार र क्रियाकर्म कसले गर्ने ? रामनारायणका छोरा थिएन् । केही व्यक्तिले नातागोताका छोराबाट दा’हसं’स्कार गराउनुपर्नेमा जोड दिए । तर छोरीहरुले मानेनन् । उनीहरुले आफैं हरेक कर्ममा सहभागी हुने बताए र पाँच छोरीले आफैं काँधमा बोकेर बुबाको श’व उठाए । घा’टमा आमा अर्थात मृतककी श्रीमतीले दा’गब’त्ती दिइन् ।
रामनारायणका पाँच छोरी छन् । सबैको विवाह भइसकेको छ । जेठी छोरी ४० बर्षीया नेपुर यादव, माइली छोरी ३७ बर्षीया राजदेवी यादव, साँहिली ३५ बर्षीया प्रमिला यादव, काइँली ३२ बर्षीया अनिता यादव र कान्छी ३० बर्षीया गोरकी यादवले पिताको शव आफैं बोके ।
घरदेखि पाँच किलोमिटरको दूरीमा रहेको कमला खोला छेउसम्म उनीहरुले नै पिताको पा’र्थिव शरीर बोकेर पुर्याए । त्यहाँ पुगेपछि मृ’तक रामनारायणकी ६२ बर्षीया पत्नी राधिकादेवीले दा’गब’त्ति दिइन् । रामनारायणलाई श्रद्वाञ्जली दिन गएका कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री आनन्दप्रसाद ढुंगानाले पहाडतिरका महिलाहरु क्रियाकर्ममा बसेको देखिए पनि पा’र्थिव शरीरलाई काँधमै बोकेर पाँच किलोमिटरसम्म पुर्याएको पहिलोपटक आफूले देखेको बताए ।
प्रतिक्रिया