Logo

सेवा नै धर्म हो फिल्मको हिरोलाई होइन रियल हिरोलाई सम्मान गरौ ।जस्ले दिए नयाँ जीवन सलाम छ ती वीर योद्धालाई ।

जस्ले दिए नयाँ जीवन सलाम छ ती वीर योद्धालाई ।फिल्मको हिरोलाई होइन रियल हिरोलाई सम्मान गरौ ।
हामिले थुप्रै नेपाली एवम हिन्दी फिल्म हरु हेर्ने गर्छौ र फिल्मी नानट सो हरुमा रमाइलो को लागि तयार पारिएको थुप्रै हिरो होरोइन हरुले आगोमा हाम फालेर कसैको ज्यान बचाएको देख्छौ तेस्तै ठुलोठुलो भिर बाट हाम फालेको नदिमा हाम फालेर कसैलाई बचाएको उडेर टुप्लुक्क आएर बचाएको दृश्य देख्छौ अनि भन्छौ वा यार क्या गजब सलमान खानले क्या उडेर मान्छेलाइ बचायो अनि राजेस हमाल निखिल उप्रेतीले पहाड बाट हाम फालेर कुनै बच्चा लाई बचाएको देख्दा ताली पिट्छौ जुन केबल क्यामेरा द्वारा कैद गरेर बनाएको रमाइलो दृश्य हो !

। अनि हामी तिनै लाई वा क्या राम्रो भनेर उस्को निकै बखाण गर्छौ एति राम्रो हिरो भनेर कहि कतै त्यो मान्छेलाई देख्यौ कि गोजिबाट मोबाइल झिकेर एक सेल्फी पनि लिएर फेसबुक मा पोस्ट गरिहाल्छौ तुरुन्तै तर यहाँ कयौ रियल हिरो पनि छन जस्ले आफ्नो साच्चिकै ज्यान दाउमा राखेर कसैलाई नया जीवन दिएका छन आफ्नो ज्यानको कुनै प्रबाह नगरी अर्काको ज्यानको माया मानेर आगोमा हुमिन जान्छन तेस्तै बगिरहेको नदिमा हाम फालेर कसैको उद्धार गर्छन !

आफ्नो ज्यान भन्दा कर्तव्य लाई आफ्नो जिम्मेवारी आफ्नो पेसालाई महान ठान्ने ति वीर योद्धा हरुलाई कस्तो बिडम्बना हामिले न सम्मान गर्छौ न उहाँ लाई नै चिन्छौ न कुनै पत्रकार ले उहाको बारेमा उहाले गरेको राम्रो कामको बारेमा नै दुई शब्द लेख्छ अनि कसरी साहस आउँछ , थप कार्य गर्नलाई यो केबल एउटा कार्य हो तर यहाँ एस्ता हजारौं काम भैसकेका छन थुप्रै होनहार कर्तव्य निस्टा वीर पुरुष छन जस्ले आफ्नो ज्यानको बलिदान दिएर अरुको ज्यानको रक्षा गरेका छन ती महा पुरुष हरुलाई हामिले बिर्सने हैन हर पल सम्झी रहनु पर्छ ।

हामिले धर्म कर्म गर्न मठ मन्दिर धाइ रहनु पर्दैन फुल बत्ती चढाइ रहनु पर्दैन अनि खसी बोका मन्दिर मा ढाली रहनु पर्दैन ! धर्म त त्यो हो जुन आफ्नो मन वचन कर्मले अपठेरोमा परेको आपत बिपतमा परेको दुखमा परेको ब्यक्तिलाई त्यो दुख बाट मुक्ती दिलाइन्छ । कसैलाई सहयोग गरिन्छ । कसैलाई उद्धार गरिन्छ ।।
,,

यहाँ एक युबाको साहस को घटना समाबेश गरिएको छ ।।
नेपाली सेनाको गोरख बहादुर गण,राजदरबार मा कार्यरत प्युठ मछिन्द्र भण्डारी ले करेन्ट लागेर जलिरहेको मान्छेको ज्यान बचाएका छन।शुक्रबार दिउँसो काठमाण्डौको बानियाटार स्थित एक बन्दै गरेको घरमा बत्तिको काम गरिरहेका लमजुङ का देब राज अधिकारिलाई करेन्ट लागेर जलिरहेको अबस्थामा भण्डारीले उद्दार गरेका हुन।

मृत्यु हुने अबस्थामा पुगेका अधिकारिलाई भण्डारीले निकै ठूलो जोखिम मोलेर आफ्नो ज्यानको प्रवाह नगरी घाईतेलाई छट्पटाउदै गरेको अबस्थाबाट उद्दार गरि हस्पिटल पठाएका थिय।र पछि उहाँ घाईतेको अबस्था बुझ्न हस्पिटल पनि पुगेका थिय।वहाँको यो बहादुरी लाई सलाम छ अनि नेपाली सेनालाई र गोरख बहादुर गणलाई पनि ! आकाश तारा को फेसबुक बाट साभार गरियको छ !

प्रतिक्रिया दिनुहोस्