Logo

पशुपतिमा शिवरात्रिको तयारी पूरा, पाँच हजार स्वयमसेवक खटाइने !

पशुपतिमा शिवरात्रिको तयारी पूरा, पाँच हजार स्वयमसेवक खटाइने ! शिवरात्रिका लागि पशुपति क्षेत्र विकास कोषले सम्पूर्ण तयारी पूरा गरेको छ ।

बुधवार पत्रकार सम्मेलन गर्दै कोषले शिवरात्रिका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । हिन्दू धर्मावलम्बीहरुको महत्वपूर्ण चाँड मध्येको एक शिवरात्रि पर्व फागुन ९ गते परेको छ ।

५ हजार स्वेयमसेवक खटाइने

नेपाल स्काउट समेतका गरी करिव ५ हजार जना स्यंसेवकहरु ‘कोर’ क्षेत्रभन्दा बाहिर परिचालन गर्ने र सादा पोशाकमा समेत प्रहरीहरु परिचालन गरी मेला क्षेत्रमा विशेष अनुगम गरिने कोषका सदस्य सचिव प्रदिप ढकालले बताए ।

कोषले पशुपति क्षेत्रमा मासु, मदिरा तथा कुनै पनि प्रकारको नशालु पदार्थ तथा गाँजा–भाङ, जाँड–रक्सी लगायतको विक्रिवितरण, ओसारपसार भण्डारण एवं प्रयोग गरे कारवाही गर्ने कोषले जनाएको छ ।

स्वास्थ्य शिविरको व्यवस्था

शिवरात्रिका दिन भगवान शिवको पूजा आराधनाका लागि लाइनमा बसेका बिरामीहरुलाई लक्षित गरेर स्वास्थ्य शिविर पनि सञ्चालन हुनेछ ।

लामो समयदेखि लाइन बसेका भक्तजनहरु शारीरिक रुपमा अशक्त, स्वास्थ्य अवस्था कमजोर र रिगँटा लागेर ढल्ने जस्ता समस्या देखिने हुँदा तुरुन्त चेकजाँचका लागि आकस्मिक उपचारका लागि स्वास्थ्य शिविरको पनि व्यवस्था गर्ने गरेको हो ।

पशुपतिनाथ मन्दिर नजिक हुनेगरी कोर क्षेत्रमा डाक्टर, नर्स, औषधी र वेड सहित नेपाली सेनाका मूल स्वास्थ्य शिविर रहनेछ । ३३ वटा स्वास्थ्यसँग सम्बन्धित संस्थाले सेवा प्रदान गर्नेछन् ।

त्यस्तै एम्बलेन्स र आपत्कालीन अवस्थाका लागि कोषले दमकल समेत स्टेन्डवाइ रहने गरी व्यवस्था गरेको बताएको छ ।

११ समितिको गठन

शिवरात्रीमा लाखौंको संख्यामा आउने दर्शनार्थी, भक्तजनहरुको संख्या र समग्र व्यस्थापनलाई समेत मध्यनजर गर्दै कोषले पर्यटन मन्त्री एवम् कोष सञ्चालक परिषद्का अध्यक्ष योगेश भट्टराईको संयोजकत्वमा ११ सदस्यीय महाशिवरात्री व्यवस्था मूल समिति गठन गरी विभिन्न कार्यहरु गरिरहेको थियो ।

यी हुन् समितिहरु :

१. सुरक्षा व्यवस्था उपसमिति
२. आवास, भोजन तथा भौतिक पूर्वाधार उपसमिति
३. प्रचार–प्रसार उपसमिति
४. साधुसन्त तथा धार्मिक उपसमिति
५. वातावरण, सरसफाई तथा जुत्ताचप्पल व्यवीथा उपसमिति
६. स्वास्थ्य सेवा व्यवस्था उपसमिति
७. मेला बजार तथा साजसजावट उपसमिति
८. स्वयंसेवा, दर्शन, चन्दन तथा मन्दिर एवं रात्रीकालीन व्यवस्था उपसमिति
९. स्वयंसेवा परिचालन एवं अनुगमन उपसमिति
१०. सरकारी निकाय समन्वय समिति
११. अनुगम, मुल्याङ्कन तथा तथ्याङ्क संकलन उपसमिति

प्रतिक्रिया दिनुहोस्