Logo

फेसबुक लाइभमै आत्मह*त्याको प्रयास गर्ने युवालाई नेपाल प्रहरीले बचाएपछि फेसबुकले गर्यो धन्यवाद !

फेसबुक लाइभमै आत्मह*त्याको प्रयास गर्ने युवालाई नेपाल प्रहरीले बचाएपछि फेसबुकले गर्यो धन्यवाद !
सोमबार अपरान्ह सवा ३ बजे अमेरिकास्थित फेसबुकको मुख्यालयले प्रहरीको सिआइबीमा एउटा अ-लर्ट पठायो। ‘काठमाडौंमा एक युवा फेसबुक लाइभमा आएर चक्कु प्र-हार गरी आत्मह-त्या गर्ने प्रयास गरिरहेका छन। चाँडोभन्दा चाँडो रेस्क्यु गर्नुहोला।’ म्यासेज आउनसाथ सिआइबीको टोली जुट्यो।

ती युवकको प्रोफाइल हेरेर ‘टेक्निकल इन्टेलिजेन्स’मार्फत लोकेसन पत्ता लगायो। लोकेसनमा कालिमाटी एरिया देखायो। सिआइबीले तत्काल कालिमाटी वृतका डिएसपी रुगम कुँबरलाई घ-टनाक्रमबारे जानकारी गरायो।

सिआइबी र कालिमाटी प्रहरी लोकेसन अनुसार घर खोज्न व्यस्त भए। तर बाक्लो घरहरु भएको काठमाडौंमा कुन घरमा ती युवा वस्छन भेट्न सकस भयो। रविभवन पुगेपछि प्रहरीले ती युवाको प्रोफाइलबाट फोटो देखाएर स्थानीयसँग सोधपुछ गर्न थाल्यो। बल्लतल्ल एक जनाले प्रोफाइल फोटो हेरेर ती घरमा बस्ने युवाबारे जानकारी दिए।

रविभवनको साढे २ तल्ला घरको भुँइतल्लामा प्रहरी पुग्दा ती युवक फेसबुक लाइभमा आएर छातिमा च-क्कु हा-निरहेका थिए। प्रहरी पुग्दा उनले आइ लाइभ कि-ल माइ सेल्फ ।

आइ एम फ-स्टटेडेट लाइफ भनि चि-च्चाइ चि-च्चाइ च-क्कु हा-निरहेका थिए। प्रहरीले तत्काल उद्धार गरी मेडिकल जाँचका लागि अस्पताल लिएर गएको सिआइबीका साइबर सेलका डिएसपी पशुपति रायले बताए। त्यसपछि साँझ उनको परिवारको जिम्मा लगाइएको रायले बताए। ‘च-क्कु भुत्ते खालको परेछ, धा-रिलो भएको पनि उनको ज्या-न जाने रहेछ,

‘ उनले भने। च-क्कुले हा-न्दा ती युवाको छातिभरी निलठामै निलठाम छ। काभ्रे घर भइ रविभवनमा डेरामा बस्दै २९ वर्षीय ती युवक विज्ञापनसम्बन्धि काम गर्छन।अनुसन्धानका क्रममा उनको प्रेमिका अष्ट्रेलियामा भएको र लामो समयसम्म भेट हुन नसकेपछि उनी चि-न्तित रहेपछि त्यसो गरेको डिएसपी रायले बताए।

ती युवकलाई उनको प्रेमिका बेला बेलामा पैसासमेत पठाइदिने गरेकी थिइन। च-क्कु हा-न्दाहा-न्दै युवाको रेस्क्यु गरेपछि फेसबुकले नेपाल प्रहरीलाई धन्यवाद दिएको छ। प्रहरीले १ वर्षमा झापा, ललितपुर बुढानिलकण्ठ र कालिमाटीमा गरी आत्मह-त्या गर्न खोज्ने चार जनाको ज्या-न बचाइसकेको छ। साभार : सेतोपाटी

प्रतिक्रिया दिनुहोस्