कोरोना भाइरसका कारण वुहान अस्पतालका निर्देशकको मृत्यु !


कोरोना भाइरसका कारण वुहानमा एक अस्पतालका निर्देशककै मृत्यु भएको छ । भाइरसको उद्‍गमस्थल वुहानको वुहान वुचाङ अस्पतालका निर्देशक लिउ झिमिङको मंगलबार बिहान साढे १० बजे मृत्यु भएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

केही चिनियाँ सञ्चारमाध्यमले सोमबार नै निर्देशक झिमिङको मृत्यु भएको समाचार प्रकाशित गरेका थिए। तर चिनियाँ अधिकारीहरुले निर्देशक झिमिङ अस्पतालमा उपचाररत भएको बताएपछि ती समाचार सच्याइएको थियो।

त्यस्तै गार्डियनका अनुसार हुबेईकै इझौ सिटी मेडिसिन हस्पिटलका पूर्व निर्देशक चु डेपुको गत हप्ता मृत्यु भएको थियो। पछिल्लो समय कोरोना भाइरसको संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीकै मृत्यु भएको समाचार सार्वजनिक भइरहेको छ।

कोरोना प्रकोपको चेतावनी दिने डाक्टरकै मृत्यु : नोवल कोरोना भाइरसका कारण हालसम्म चीनमा एक हजार८ सय ६८जनाको मृत्यु भएको छ ।

यस बाहेक फिलिपिन्स,ताइवान,हङकङ,फ्रान्स र जापानमा एक–एक जना गरी पाँच जनाको मृत्यु भएको छ । चीनमामंगलबार बिहानसम्म संक्रमितको संख्या७३हजार४ सय २९पुगेको छ ।यसबाट संक्रमितमध्ये निको हुनेको संख्या १२ हजार नाघेको छ। कोरोना भाइरस संक्रमितको उपचारमा खटिएका डाक्टरकै मृत्यु चीनको राष्ट्रिय स्वास्थ्य आयोगले केही दिनयता कोरोना भाइरसबाट संक्रमित हुने र यसबाट ज्यान गुमाउनको संख्यामा कमी आएको बताएको छ।