विदेश जाँदै हुनुहुन्छ ? ध्यान दिनुहोस्, यस्ता ग्रह योगले बनाउने छ मालामाल – जानी राखौ


आफ्नो जन्मभूमि तथा देश छोडेर एकदेखि अर्काे देशमा गएर बस्ने योगलाई नै विदेशी योग भनेर भन्ने गरिएको छ । ९२ प्रतिशत मानिसको इच्छा विदेश जाने सोच हुन्छ । यस्तो योग कुनै बेला छोटो अवधिका लागि हुन्छ त कुनै बलामा लामो अवधिका लागि पनि हुन सक्दछ ।

कुण्डलीमा ग्रहहरुको स्थितिबारे जानकार भएर कुन कारणबाट यात्रा गर्दा सुरक्षित हुन्छ भन्ने जानेर मात्रै यात्राको तयारी गर्न ज्योतिषीहरुले सुझाव दिएका छन् ।

मजदुर, व्यापारी, अध्ययन वा कसैको सहयोगमा भए पनि कुनै न कुनै कारणबाट आफ्नो घर छोडेर टाढा या नजिकैको देशको यात्रा गर्नुपर्ने नै हुन्छ । विद्यार्थीले पढाइका लागि, मजदुरले रोजगारीका लागि, व्यापारीले व्यापारीका लागि, नोकरी पेसावालाले तोकिएको जिम्मेवारी पूरा गर्ने क्रममा स्थान परिवर्तन गर्नुपर्ने हुन्छ ।

उद्योगपतिहरूले आफ्नो उत्पादित वस्तुको बजार विस्तारका लागि, धार्मिक व्यक्तिहरूले तिर्थयात्र र इतिहासका खोजकर्ताले अनुसन्धानका लागि विदेश जाने गर्दछन् । कुनै कुनै बेला पारिवारिक कारण, स्वास्थ्य उपचार वा पर्यटकीयस्थलको अवलोकनका लागि पनि विदेश यात्रा हुने गर्दछ ।

यात्रा अल्पकालीन वा दीर्घकालीन हुने भन्ने निर्णय ग्रहहरुको अवस्था, स्थिति र योगअनुसार हुन्छ । कुनै कारणले विदेश गए पनि त्यसको पछाडि केही न केही ग्रहको प्रभाव अवश्य परेको हुन्छ । यात्रा हुँदा पनि जन्मकालीन ग्रह र गोचर ग्रहले प्रभावित पारेकै हुन्छ ।

यात्राको विचार गर्दा चर राशि मेष, कर्कट, तुला, मकरमा बसेका ग्रह या चर भाव ३, ७, ९, १२ भावमा बसेका ग्रह उक्त भावमा बसेको ग्रहहरूको दशान्तर दशा या गोचरीय प्रभाव परेका बेलामा वैदेशिक यात्रा हुन सक्छ ।

स्थानान्तरणको प्रसङ्गमा चर्चा गर्दा तृतीय भावबाट निकट यात्रा, सातौँ भावले केही दूरीको यात्रा वा रोजगारीमूलक यात्रा, नवौं भावबाट दूर यात्रा र बाह्रौँ भावबाट धेरै लामो दूरीको यात्राका बारेमा विचार गरिन्छ । यसमा पनि नवम् भावबाट आफ्नै देशभित्रको तर टाढाको यात्रा हुन्छ भने द्वादश भावको सम्बन्धले बन्ने यात्रा योगले देश बाहिर टाढाको यात्रा हुने संकेत गर्दछ । यात्राको निर्णय गर्दा चर राशि मेष, कर्कट, तुला, मकर, चरभाव ३।७।९।१२ र चरग्रह सूर्य, धनु, बुध, शुक्रलाई मानिएको छ ।

विदेश यात्रा गराउने मुख्य ग्रहमध्ये राहु र शनिलाई कारक ग्रह नै मानिएको छ । स्थानान्तरणसँग सम्बन्धित ग्रहको चतुर्थेस वा चौथो भावसँग सम्बन्ध भएको अथवा चतुर्थभाव पीडित भएको अवस्थामा बन्ने योग बिशेष गरि विदेशी योग स्थानानतरण हुने सम्भावना हुन्छ ।

यस्ता प्रकारका योग तथा सम्बन्ध बनाइरहेको अवस्थामा मात्रै विदेशी भूमि फाफ्ने हुन्छ :

१. चर राशि, चर भाव, चर ग्रहसँग शनि र राहुको सम्बन्ध भएको समयमा स्थानान्तरण भएको पाइन्छ । यस्तो समयमा विदेशी योग पूर्ण रुपमा सफल हुन्छ ।

२. द्वादश भावमा बसेको ग्रहको दशान्तर दशामा पनि स्थान परिवर्तनको योग निर्माण हुन्छ । यस्तो अवस्थामा घरपरिवार भन्दा टाढा गएर बस्ने सम्भावना रहिरहन्छ ।

४. द्वादशेशको दशार्न्तर्दशामा पनि स्थानान्तरणको सम्भावना हुन्छ ।

५. कुनै पनि ग्रहको महादशा चलेको बेलामा उक्त महादशानाथबाट १२ औं स्थानमा चर राशिमा बसेको ग्रहको अर्न्तर्दशा चल्दा पनि सफल वैदेशिक योग निर्माण सम्भावना हुन्छ ।

६. कुनै पनि ग्रहको महादशा चलेको बेलामा उक्त महादशानाथसँग राहु वा शनिको षडष्टको योग बन्दछ भने त्यस षडष्टक बनाउने अन्तरर दशाकालमा पनि स्थानान्तरण हुने सम्भावना हुन्छ । यसरी बन्ने योगमा अरुले धन खाइदिने प्रवल सम्भावना रहने हुँदा विशेष सावधानी अपनाउनु पर्ने हुन्छ ।

७. द्वादशस्थ वा द्वादशेश स्थिर राशिमा छ भने उक्त ग्रहको दशार्न्तर्दशामा स्थानान्तरणको मुखमा पुगेर यात्रा रोकिने हुन्छ ।

त्यस्तै स्थिर राशिमा अवस्थित ग्रहको दशान्तर दशामा पनि यात्रामा बाधा पर्न सक्छ । यसरी बाधा परेको समयमा ग्रह शान्ति तथा अशुभ ग्रहको दोष कटाएर पनि वैदेशिक योग निर्माण हुन्छ ।

८. द्वादशेश वा द्वादशस्थ ग्रह बक्री छ भने त्यसको दशार्न्तर्दशामा स्थान विदेशमा बस्ने हरुले आफूलाई अनुकुल हुने गरि स्थान परिवर्तन गर्दा फाइदा हुन्छ ।

९. महादशानाथको द्वादशस्थानमा चर राशिको स्वामी ग्रह बसेको छ भने उक्त ग्रहको अर्न्तर्दशामा पनि यात्राको योग हुने सम्भावना रहन्छ ।

१०. शनि र राहुको दशान्तर दशाकालमा प्रायः स्थानान्तरण हुने सम्भावना हुन्छ । त्यसमा पनि शनि वा राहु चर राशिमा बसेको भएमा स्थानान्तरणको धेरै सम्भावना हुन्छ ।

११. लग्न वा लग्नेश चर राशिमा भई उक्त ग्रहको दशार्न्तर्दशा चलेका बेलामा चर राशिमा गोचरका गुरु पुगेको भए पनि पनि स्थान परिवर्तन हुन सक्छ । यस्तो समयमा जानेहरुले धन आर्जन गर्दछन् ।

१२. विदेश जाने समय निर्धारण गर्दा स्थानान्तरणसँग सम्बन्ध बनाउने ग्रहको दशान्तर दशाकालमा चर राशि, चर भावमा गुरुको भ्रमण र उक्त भाव वा राशिहरूमध्ये नै र्र्सूय र चन्द्रको पनि गोचर भ्रमण भएका बेलामा पनि स्थानान्तरणको सम्भावना हुन्छ ।

१३. नोकरी पेसामा संलग्न व्यक्तिको लग्न, चर र दशम भावमा चर राशिका ग्रहको प्रभाव र लग्न, चतुर्थ र दशमभावमा पापग्रहको दबाब बनाउने तीनभन्दा बढी ग्रह हुँदा पनि स्थानान्तरण भएको पाइन्छ । यस्ता शक्तिशाली योग भएका समयमा यदि विदेशको यात्रा गरियो भने मात्रै सफल हुने विश्वास गरिन्छ ।