Logo

लेखको आलोचना गरेर चिनियाँ दूतावासले ‘कूटनीतिक मर्यादा नाघेको’ सम्पादकहरूको आरोप !

चिनियाँ दूतावासले सार्वजनिक रूपमा ‘द काठमाण्डू पोष्ट’ दैनिकले छापेको लेख र त्यसका प्रधानसम्पादकविरूद्ध व्यक्त गरेको कडा शब्दावलीसहितको त्यस्तो विज्ञप्ति कूटनीतिक मर्यादा विपरित भएको १७ जना सम्पादकहरूको नाम रहेको एक संयुक्त वक्तव्यमा उल्लेख छ। ‘द काठमाण्डू पोष्ट’ले आफ्नो विचार पृष्ठमा स्थान दिएको एकजना अमेरिकी सुरक्षा तथा विदेश मामिला विज्ञको लेख आफूआबद्ध एशिया न्यूज नेटवर्कको साझेदार कोरियन हेराल्ड पत्रिकाबाट लिइएको जनाएको थियो।

एक सय चिनियाँ रेन्मेन्बीको नोटमा रहेको चिनियाँ नेता माओको फोटोमा मास्क लगाइएको चित्र सहितको उक्त लेखमा चीनले कोरोनाभाइरसको सङ्क्रमणलाई उचित ढङ्गले सम्बोधन नगरेको तर्क गरिएको छ।

उक्त लेखमा राखिएको तस्बिरले कोरोनाभाइरस नियन्त्रणका लागि चीन सरकार र नागरिकले गरिरहेको प्रयासलाई “योजनाबद्धरूपमा बदनाम गर्न खोजेको र आफ्नो देशको राजनीतिक प्रणालीमाथि नै आक्रमण गरेको” चिनियाँ दूतावासको वक्तव्यमा उल्लेख छ। वक्तव्यमा ‘द काठमाण्डू पोष्ट’का प्रधानसम्पादकको नाम नै तोकेर आलोचना गर्दै उनी र उक्त अखबारसँग गम्भीर असन्तुष्टि व्यक्त गरिएको र “थप कदम चाल्न सक्ने अधिकार दूतावाससँग सुरक्षित रहेको” उल्लेख गरिएको छ।

सम्पादकहरू के भन्छन्?

कान्तिपुर दैनिकका प्रधानसम्पादक सुधीर शर्माले आफ्नो सह-प्रकाशनबारे चिनियाँ राजदूतावासको प्रतिक्रिया आपत्तिजनक रहेको उल्लेख गर्दै ‘धम्कीपूर्ण अभिव्यक्ति’को समाजिक सञ्जाल ट्विटरमार्फत भर्त्सना गरेका छन्।

प्रतिक्रिया दिनुहोस्