Logo

चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछानेले सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटा माथि तत्काल छानबिन गर्न माग गरेकाछन्।


चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछानेले सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटा माथि तत्काल छानबिन गर्न माग गरेका छन्।सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसनका बार्गेनिङ गरेको अडियो बाहिरिएको प्रति टिप्पणी गर्दै लामिछानेले बास्कोटा माथि तत्काल अनुसन्धान शुरु गरिनुपर्ने बताएका हुन्।

प्रधानमन्त्रीका सबै भन्दा नजिकका मानिस मध्य एक रहेका बास्कोटालाई बचाउने विषयमा छलफल चलिरहेको जस्तै देखिएको उल्लेख गर्दै लामिछानेले सामाजिक संजाल मार्फत आरोपित मन्त्रीले तुरुन्त राजिनामा दिनुपर्ने धारणा राखेका छन्।

सरकारसँग अझ तीन वर्ष बाँकि रहेको हुँदा बिरामी प्रधानमन्त्रीलाई भजाएर आफ्नो धन्दा चलाउने अन्य नजिकका व्यक्तिहरुको पनि कर्तुतपनि हेर्न बाँकि रहेको लामिछानेले सामाजिक संजालमा उल्लेख गरेका छन्।आरोपित मन्त्रीले तत्काल राजिनामा दिनुपर्ने र राजिनामा नदिए तत्काल “कार्यकक्ष” बाटै पक्राउ गरिनु पर्ने लामिछानेको बुझाई छ।

“यि भ्रष्ट हुन्। प्रष्ट थिए, छन् र रहिरहन्छन्। प्रधानमन्त्रीका सबै भन्दा नजिकका मानिस मध्य एक गोकुल बाँसकोटा। गोकुल जी माथि छानबिन होईन के गरि बचाउने भन्ने छलफल चलेको देखिदैछ।

बिरामी प्रधानमन्त्रीलाई भजाएर आफ्नो धन्दा चलाउने अन्य नजिकका पात्रहरुको कर्तुतपनि हेर्दै जाउ,३ वर्ष बाकी छ। कुरौ…नोट: प्रमाण लुकाउन सक्ने हैसियत भएका आरोपित मन्त्रीले तुरुन्त राजिनामा दिनु पर्छ र अबिलम्ब छानबिन शुरु हुनु पर्छ। राजीनामा नदिए “कार्यकक्ष” बाटै पक्राउ गरिनु पर्छ।”,लामिछानेले सामाजिक संजालमा टिप्पणी गरेका छन्।

त्यस्तै सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाले ‘घुस बार्गेनिङ’ गरेको खुलासा भएसँगै अहिले नेपाली राजनीतिमा ठूलै हलचल मच्चिएको छ।‘म आफू भ्रष्टाचार गर्दिनँ र अरुलाई पनि गर्न दिन्नँ ।’

भन्ने केपी शर्मा ओली क्याबिनेटकै सदस्यले घुसमा बार्गेनिङ गरेको अडियोनै सार्वजनिक भएपछि अनेक प्रश्न उब्जिएका छन्।बास्कोटा प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्रको रुपमा चिनिन्छन्। उनले सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसनका लागि कमिसनमा बार्गेनिङ गरेको खुलासा हुनुले भ्रष्टाचार विरुद्ध ओलीले दिने गरेको अभिव्यक्ति माथि समेत प्रश्न उब्जिन थालेको छ।

यसै बीच समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले पनि यस प्रकरणलाई लिएर कडा प्रश्न गरेका छन्। भट्टराईले सामाजिक संजाल मार्फत टिप्पणी गर्दै प्रम ओली माथि यही हो “भ्रष्टाचार गर्दिनँ र भ्रष्टाचार गर्न पनि दिन्नँ” भनेको? भन्दै प्रश्न तेर्स्याएका छन्।

ट्वीटरमा ओलीलाई मेन्सन गर्दै भट्टराईले अरूको आंगको जुम्रा खोज्नु भन्दा पहिले आफ्नै आंगको भैसी हेर्न प्रधानमन्त्री ओलीलाई सुझाएका छन्।“अरूको आंगको जुम्रा खोज्नु भन्दा पहिले आफ्नै आंगको भैसी हेर्ने हो कि प्रम केपी शर्मा ओलीज्यू! यही हो “भ्रष्टाचार गर्दिनँ र भ्रष्टाचार गर्न पनि दिन्नँ” भनेको?”,भट्टराईको प्रश्न छ।

प्रतिक्रिया दिनुहोस्