Logo

सन्चारमन्त्रीको कमिसन सेटिङवारे समाचार छाप्न नमानेपछि पत्रकार ढुंगानाद्धारा राजिनामा !

पत्रकार पुष्प ढुंगानाले राजिनामा दिएका छन। सन्चारमन्त्री गोकुल बास्कोटाले कमिसनका लागि डिल गरेको अडियो टेप बाहिरिदाँ पनि समाचार लेखेर पत्रिकाले छाप्न तयार नभएपछि पदबाट राजिनामा दिएका छन्।

सामाजिक सन्जा लमा एक पोष्ट लेख्दै पत्रकार ढुंगानाले भनेका छन्, ‘मेरो पत्रकारितामा निकै नमिठो अनुभव, मन्त्रीको कमिशन अडियो पेश हुँदासम्म समाचार बनाउन सकिएन ।

ग्लानी यो अर्थमा कि मैले कसका लागि पत्रकारिता गर्दै छु रु खरदारले सय रूपैया घुस खाएको समाचार लेखेर मन्त्रीको अनियमितता लुकाउन सकिँदैन । त्यस कारण पत्रकारिताको यात्रामा ब्रेक लगाएको छु ।

’यस्तो छ घुस कंड – मन्त्री बाँस्कोटाले सेक्युरिटी प्रेस खरिद गर्दा कर्मचारीसँग कुरा नगर्न र आफैसँग कुरा गर्न आग्रह गरेको नागरिकलाई प्राप्त अडियो संवादमा सुन्न सकिन्छ।

स्वीस कम्पनीका लोकल एजेन्ट विजय मिश्र र मन्त्री बाँस्कोटाबीच दुई मिनेट ३१ सेकेन्ड चलेको संवादमा उनी र मिश्रबिच घुस लेनदेनको विषयमा कुराकानी भएको प्राप्त अडियो रेकर्डबाट प्रस्ट हुन्छ।

बाँस्कोटाले २० देखि २७ अर्बमा सेक्युरिटी प्रेस स्थापनाको काम सक्न पाए हुन्थ्यो भन्ने अनुरोध गरेका छन्।

प्रतिक्रिया दिनुहोस्