Logo

सन्दीप लामिछानेको धुर्मुस सुन्तलीलाई लाखौँको सहयोग, धुर्मुस केपी ओली बन्दा हासेको हासै सन्दीप ! (हेर्नुहोस भिडियो)

चितवनको भरतपुर महानगरपालिका वडा नं १५ रामपुरमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्य धमाधम भइरहेको छ । धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गरिरहेको यस रङ्गशालालाई देश तथा विदेशबाट धेरै मानिसहरुले आर्थिक सहयोग गरिरहेका छन् ।

रङ्गशालालाई सहयोग आउनेक्रममा नेपालका चर्चित क्रिकेट खेलाडी सन्दिप लामिछानेले पनि रङ्गशालालाई आर्थिक सहयोग गर्ने भएका थिए । उनले अमेरिका र ओमान बीचको सिरिजमा लिने प्रत्येक विकेटको ८ हजार ८ सय ४८ रुपैयाँ गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रीकेट रंगशाला निर्माण अभियानका लागि सहयोग गर्ने घोषणा गर्दै आज १ लाख ४० हजार बढीको सहयोग गरेका छन् ।

बाइस बिघा १६ कट्ठा जग्गामा निर्माण हुन लागेको उक्त रङ्गशाला नेपालकै सबैभन्दा उत्कृष्ट रङ्गशाला बन्ने अपेक्षा गरिएको छ । यस रङ्गशालामा ३० हजार मानिस बसेर खेल अवलोकन गर्न मिल्ने गरी बनाउन लागिएको छ ।

प्रतिक्रिया दिनुहोस्