Logo

महाशिवरात्रीको दिन पशुपति क्षेत्रमा ५ सय ट्राफिक प्रहरी खटिने ! जय हो पशुपतिनाथ !

महाशिवरात्रीको दिन पशुपति क्षेत्रमा ५ सय ट्राफिक प्रहरी खटिने ! जय हो पशुपतिनाथ महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्री पर्वमा ट्राफिक व्यवस्थापनको लागि पशुपतिनाथ मन्दिर क्षेत्रमा ५ सय ट्राफिक प्रहरी खटाउने भएको छ ।

महाशाखाले मन्दिर आउने भक्तजन एवं दर्शनार्थीको सवारी आवागमनलाई सरल,सहज तथा व्यवस्थित बनाउन योजनाबद्ध व्यवस्थापनको तयारी गरेको महाशाखा प्रमुख एसएसपी भीमप्रसाद ढकालले बताए ।

एयरपोर्ट हुँदै पशुपति मन्दिर आउने विदेशी पर्यटक, २ पांग्रे र साना सवारी साधनको लागी तिलगंगा र वाईसीएल मार्ग, नक्साल कालोपुल हुँदै आउनेलाई सिफल चौर र अमलकोट, पशुपति विकास कोष र संस्थानका सवारीसाधनलाई देव उद्यानस्थित कोषको कार्यालय, पासबाहक, सुरक्षा निकाय तथा सरकारी सवारी साधनलाई महानगरीय प्रहरी वृत्त गौशाला र वागमती कोरिडोर, जोरपाटीबाट चावहिल हुँदै आउने सवारीसाधनलाई गुहेश्वरी पारी पार्किङको व्यवस्था मिलाइएको उनले बताए । कान्तिपुरमा छ ।

प्रतिक्रिया दिनुहोस्