कैलालीमा एक महिलाले जन्माईन् तिम्ल्याह छोरा !


कैलालीकी महिलाले नेपालगञ्नमा तिम्ल्याह शिशु (छोरा) जन्माएकी छन्। डोटीको बड्डीकेदार गाउँपालिका घर भई कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर १ चौमाला बस्दै आएकी २२ वर्षीय हेमा बोहोराले गत माघ २८ गते राती नेपालगञ्जको कोहलपुर मेडिकल कलेजमा तिम्ल्याह छोरा जन्माएकी हुन्। उनका श्रीमान नरेश बोहोराले शल्यक्रिया मार्फत तीन शिशु जन्मीएको दिनेश खबरलाई बताए।

उनका अ’नुसार दुई शिशुको तौल २/२ हजार ग्राम र एकको आठ सय ग्राम छ। दुई शि’शुको अ’वस्था असा’मान्य रहेपछि चार दिन आ’ईसियुमा राखिएको बोहोराले बताए। तर अहिले भने उनीहरुलाई आ’ईसियुबाट निकालिएको छ। तर उनीहरुको उपचारमा लागेको खर्चको अ’भाव भएको गु’नासो गरिएको छ।

बोहोराले श’ल्यक्रिया गरी ज’न्मीएका शिशु र आमाको उ’पचारका लागेको पैसा आफूसंग नभएकाले सहयोग गरिदिन आ’ग्रह गरेका छन्। उनले अहिले सम्म डेढ लाख भन्दा बढि खर्च भएपनि तिर्न नसकिएको बताए। प्र’सुती व्यथा लागेपछि धनगढीको सेती अ’स्पताल पुगेकी बोहोरालाई माघ २८ गते नै नेपालगञ्ज रेफर गरिएको थियो।