Logo

बाँस्कोटालाई आठ वर्षसम्म कै’द हुने ?

बिहीबार साँझ निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको कार्यकक्षमा छा’पा मा’रिएको छ। मन्त्रालयमा पुगेका सादा पोसाकका सुरक्षाकर्मीले बाँस्कोटाको निजी सचिवालयका कागजपत्र नियन्त्रणमा लिएका खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।

यस्तै उनले प्रयोग गरेको दराजमा रहेका कागजपत्र सि’लबन्दी गरिएको अख्तियार स्रोतले जनाएको छ। बाँस्कोटाले सेक्युरिटी प्रेस खरिदमा ७० करोड रुपैयाँ कमिसन मागेको अडियोका विषयमा आयोगले अध्ययन थालेको हो।

अख्तियारका प्रवक्ता एवं सहसचिव प्रदीपकुमार कोइरालाले सञ्चारमाध्यममा आएका विषयमाथि अध्ययन सुरु गरिएको जानकारी दिए। आ’रोप पुष्टी भए बाँस्कोटालाई आठ वर्षसम्म कै’द हुनसक्ने अख्तियारले जनाएको छ। बाँस्कोटाको सम्पत्तिमाथि पनि छा’नविन गर्न माग भएको छ।

प्रतिक्रिया दिनुहोस्