Logo

भर्खरै पशुपतिस्थित मन्दिरमा परिसर भित्र कसरि लाग्यो आगो..?


पशुपतिनाथ मन्दिरको ठीक पारी रहेको एक मन्दिरमा आगलागी भएको छ । भारतबाट आएका एकजना साधुले मन्दिरभित्रै मुडा बालेर धुनी जगाएपछि मन्दिरमा आगो सल्केको हो । ढुङेगै ढुङ्गाबाट बनेको सो मन्दिरमा रहेको काठको थाममा आगो सल्किएपछि प्रहरीले आगो नियन्त्रणमा लिएको थियो । प्रहरीको विपद व्यवस्थापनको टोलीले झन्डै आधा घण्टा लगाएर आगो निभाएको थियो ।

शिवरात्रिका लागि भारतबाट आउने साधु सन्तले पशुपतिनाथको साना मन्दिरहरुमा अड्डा जमाएर बस्ने गरेका छन् । मन्दिरभित्रै मुडा बालेर बस्दा आगोलागीको जोखिम बढ्ने गरेको छ ।

शिवरात्रिका लागि भारतबाट झन्डै ५ हजार साधु, सन्त पशुपतिनाथको मन्दिरमा आएका छन् । यो बर्षको शिवरात्रिमा झन्डै २० लाख तीर्थयात्री पशुपतिनाथको दर्शका लागि आउने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । अघिल्लो बर्षको भन्दा ब्यवस्थापन चुस्त दुरुस्त राखेका कारण दर्शनार्थीलाई मन्दिरमा पूजा गर्न सजिलो भएको कोषका कार्यसमिति सदस्य ध्रुव उप्रेतीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्