Logo

शिवरात्रि मनाउन अमेरिकी राजदूत पुगे पशुपतिनाथ मन्दिर !

महाशिवरात्रीको अवसरमा अमेरिकी राजदूत र्‍यान्डी बेरी पशुपतिनाथ मन्दिर पुगेका छन् । नेपालीहरुकाे महान पर्व महाशिवरात्रिकाकाे अवसरमा उनले पशुपतिनाथ मन्दिरको अवलोकन गरेका हुन् ।

राजदूत बेरीले ट्वीटमा दुई वटा तस्वीर अपलोड गर्दै घुम्नका लागि पशुपतिनाथ मन्दिर पुगेको जनाएका छन् । उनले पशुपतिनाथ मन्दिर परिसरमा साधुसन्तसँग रमाउँदै तस्वीर समेत खिचेका छन्

यसअघि सन् २००७ देखि २००९ सम्म काठमाडौँस्थित अमेरिकी दूतावासमा डेप्युटी चिफ अफ मिसनको पदमा कार्यरत हुदाँ पनि बेरीले पशुपतिनाथ मन्दिर भ्रमण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्