कर्पूरगौरं करुणा वतारं संसारसारं भुजगेन्द्र हारम् सदावसन्तं हृदयारविन्दे भवं भवानीसहितं नमामि ।। भगवानशिवको एक मन्त्रहामीमध्ये धेरैले सुनेका छौं । कर्पूरगौरं करुणावतारं संसारसारं भुजगेन्द्रहारम् सदावसन्तं हृदयारविन्दे भवं भवानीसहितं नमामि । विघ्न बल्ली सबै नाश, विश्वमा छर मङ्गल । गणेश वन्दना गर्छु बुद्धि देऊँ समुज्जल ।
यसको अर्थ लाग्छ —कपूरजस्तो सेतो वर्ण भएका, करुणा र दयालुताकाअवतार, संसारको सार र सर्पलाई मालाबनाउने प्रभु शिवमातापार्वतीका साथ सदैव मेरो हृदयमानिवास गर्नुहोस र मलाई आशीर्वाद दिनुहोस ।
यस मन्त्रको महिमा अद्भुत छ । कुनै पनि मन्त्रको जप देवताविशेषलाई प्रसन्न गराउनका लागि हुन्छ । शिवको यस मन्त्रको जप पनि यही प्रयोजनका लागि गरिन्छ । जहाँ भएपनि भगवानको यो मन्त्र जप्दा मनमा शीतलता उत्पन्न हुन्छ । हुन त महादेव भोलानाथलाई प्रसन्न गराउन ठूलाठूला कर्मकाण्ड गरिरहनुपर्दैन । एक लोटा शीतल जल, बेलपत्र र मन्त्रजापबाट नै शिवजी प्रसन्न भइहाल्नु हुन्छ ।
यो श्लोक पहिलोचोटि भगवान् विष्णुले शिवपार्वतीको विवाहमा उच्चारण गर्नुभएको थियो । यसमा भगवान् शिवको महान् दिव्य स्वरूपको चर्चा गरिएको छ । यसलाई जपेपछि पूजा सफल हुन्छ र भक्तले मनोवाञ्छित फल पाउँछ ।
शिवको स्तुति गर्दा मन शान्तभावमा हुनुपर्छ । भगवान् कुनै पनि आडम्बर रुचाउनुहुन्न । शान्तभावले जुन समयमा पनि भोलेनाथको स्मरण गर्न सकिन्छ । सरल भगवान् शिवलाई देवता र असुर दुवैले उत्तिकै श्रद्धाका साथ पूजा गर्छन् ।
प्रतिक्रिया