शिवरात्रिको दिन जान्नुहोस : २००० वर्ष पुरानो शिवलिंग जसबाट आउँछ तुलसीको सुगन्ध ! शेयर गर्नुहोस हुनेछ फलिफाप


भारतको छत्तीसगढ राज्यको सिरपुरमा उत्खननका क्रममा भेटिएको यो अनौठो शिवलिंग करीब दुई हजार वर्ष पुरानो भएको अनुमान गरिन्छ। यो शिवलिंग काशी विश्वनाथ र महाकालेश्वर जस्तै चिल्लो छ। यस अनौठो शिवलिंगको नाम गन्धेश्वर महादेव राखिएको छ ।अचम्मको कुरा शिवलिंगमा जनै लगाइएको छ। लिंगका साथसाथै केही सिक्का र ताम्रपत्रहरू भेटिएका छन्। शिवलिंगमाथि केही रेखाहरू देखिन्छन्।

https://www.youtube.com/watch?v=XA2yqbyR73E

सबभन्दा अचम्मको कुरा त शिवलिंगबाट तुलसीको सुगन्ध निस्कन्छ। टाढाटाढासम्म पनि सुगन्ध फैलिन्छ।शिवलिंगको दर्शन मात्रले मनोकामना पूरा हुने भक्तहरू विश्वास गर्छन्। यो चार फीट अग्लो र २.५ फीट गोलो छ। अनि दिनको तीनचारचोटि यसको रंग बदलिन्छ । टाढाटाढाबाट मानिसहरू यसको दर्शन गर्न आउँछन्।