Logo

यिनै हुन् भीआईपीको क’र्तुत सार्वजनिक गर्ने पत्रकार सम्मान सोरुप शेयर गरौ !

यिनै हुन् भीआईपीको क’र्तुत सार्वजनिक गर्ने पत्रकार सम्मान सोरुप शेयर गरौ !
सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाको ७० करोड कमिसनको डिल गरेको अडियो मिडियामा ल्याएका पत्रकार अजयबाबु सिवाकोटीको चौतर्फी चर्चा भएको छ । बेला बेला चर्चामा आइरहने पत्रकार सिवाकोटी नेपाल प्रेस युनियनका महसचिव समेत हुन् ।

सेक्युरिटी प्रिन्टिङ खरिदमा सञ्चारमन्त्री बाँस्कोटाले कमिसनका लागि गरेको डिल बाहिरिएको थियो । अन्तत सञ्चारमन्त्री बाँस्कोटाले राजीनामा दिएका छन् ।यसअघि पनि पुर्वसभामुख कृष्ण बहादुर महराको बिषयमासमेत पत्रकार सिवाकोटीले नै समाचार ब्रेक गरेका थिए । त्यसपछि उनलाई अन्तर्राष्ट्रिय पत्रकार पुरुस्कार निन्जाबाट सम्मानित समेत गरिएको थियो ।

यतिबेला पुनः सिवाकोटी निकै चर्चामा रहेका छन् । हाम्राकुरा डटकमका सम्पादक सिवाकोटीले पुर्वसभामुख महरा र सञ्चारमन्त्री बाँस्कोटाको समाचार ब्रेक गरेपछि अन्य सञ्चारमाध्यमले प्रकाशन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्