Logo

छिमेकीको विवाहबाट हराएका तीन वर्षिय बालक अयुष पोखरीमा मृ”त भेटिए !

सिरहामा पोखरीमा बालकको शव भेटिएको छ । सिरहाको कल्याणपुरमा पोखरीमा डुवेको अवस्थामा सिरहाको कल्याणपुर नपा ३ इटारीपर्साहीका राजकुमार मण्डलको छोरा ३ वर्षि अयुष मण्डलको शब पोखरीमा फेला परेको हो ।

हिजो छिमेकीको विवाह रहेकाले कतिखेर हराएको भन्ने एकीन नभएको र बच्चा नभेटिएपछि रातभरी खोज तलास गरेपनि विहानमात्र पोखरीमा फेला परेको प्रहरीले जनाएको छ ।

बच्चा आफै खेल्दै जाने क्रममा डुवेको हुन सक्ने अनुमान गरेपनि घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सुचना अधिकारी डिएसपी विनोद अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्