ॐ लेखि दर्शन गर्नुहोला : यस्तो झरना जहाँ निभ्दैन आगो !
संसारमा धेरै रहस्यमयी चिजहरु छन् । केही पत्ता लागेका छन् भने केही बाँकी छन् । सुन्दा र देख्दा नै अचम्म लाग्ने घटनाले मानिसहरुलाई चकित तुल्याउँछ । यस्तै एउटा अचम्को झरना छ जहाँ आगो निरन्तर बलिरहन्छ ।
एउटा रहस्यमय ढुङ्गाको माथिबाट लगातार झरना बगिरहन्छ तैपनि झरनाको ठिक तल कयौँ वर्षदेखि आगो बलिरहेको छ ।यो झरना न्युयोर्कको चेस्टनट रिज काउन्टी पार्कमा पर्छ । जसलाई आजभोलि एटरनल फ्लेम भनिन्छ । यो झरनाको विशेषता भनेको यहाँ वर्ष भरि पानी बगिरहन्छ र यसको ठ्याक्कै तल आगो बलिरहन्छ ।
स्थानीयहरुले यसलाई दैवी चमत्कार मान्छन् । उनीहरुको मान्यता के छ भने यो आगो उतिखेर निभ्ने छ जब धर्तिमा महाप्रलय आउनेछ । यो आगोलाई हेर्न मानिसहरु टाढा टाढाबाट आउने गर्छन् । यो आगोको बारेमा भारतको एउटा विश्वविद्यालयका वैज्ञानिकहरुले एक अनुसन्धान पनि गरेको छ ।