दोलखाको भिमेश्वर मन्दिरको शिलामा पसिना, ‘अशुभ’ हुने संकेत ! जानी राखौ


जिल्लाकै प्रसिद्द मन्दिर भिमेश्वर मन्दिरको शिलामा पसिना आएको छ । आज विहान ६ः३० बजेबाट शिलामा पसीना आएको हो । पसीना एक घण्टासम्म लगातार आएको सथानीय काशिनाथ श्रेष्ठले बताए । नियमित पूजाआजा गर्ने क्रममा टहलुवाका काशिनाथ श्रेष्ठले शिलामा पसिना आएको देखेपछि स्थानीयलाई खबर गरेका थिए ।

मन्दिरको शिलामा पसिना आएपछि देशमा अशुभ घटना हुन सक्ने जनविश्वास छ । श्रेष्ठका अनुसार शिलाको दाहिने भागमा पसिना आउँदा राजखानदान वा सरकारलाई अशुभ हुने र देब्रे भागमा पसिना आउँदा जनातालाई अशुभ हुने जनविश्वास छ । शिलामा पसिना आएपछि यतिबेला मन्दिरमा दर्शनार्थीको भिड लागेको छ ।