Logo

प्रधानमन्त्रीलाई जन्मदिनको शुभकामना दिन काे-काे पुगे बालुवाटार !

प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटार पुगेर उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललगायतले जन्मदिनको बधाई दिँदै सुस्वास्थ्य र दीर्घायुको कामना गरेका छन् ।


प्रधानमन्त्रीलाई जन्मदिनको शुभकामना दिन उपप्रधानमन्त्री पोखरेलसँगै, नेकपा संसदीय दलका उपनेता, सुवास नेम्वाङ, प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया, पूर्वगृहसचिव प्रेम राई, कांग्रेस नेतृ सीता गुरुङलगायत पुगेका थिए ।

उनीहरु केक, मिठाई, फूलका माला र खादा बोकेर बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेका थिए । त्यसपछि प्रधानमन्त्री ओलीका परिवारका केही सदस्यहरु र सचिवालयका सदस्यहरु बसेर बधाइ साटासाट गरेका थिए ।

यद्यपी खासै औपचारिक कार्यक्रम भने नगरिएको प्रधानमन्त्रीको विदेश मामिला सल्लाहकार राजन भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस्