Logo

सिमेन्ट बोकेको ट्रक त्रिशूली नदीमा खस्दा चालकको मृ’त्यु !

सिमेन्ट बोकेको ट्रक त्रिशूली नदीमा ख’सेको छ ।आइतबार बिहान ना ५ ख ३७७७ नम्बरको ट्रक त्रिशुलीमा ख’स्दा चालक बिखे थोकरको मृ’त्यु भएको छ भने सहचालक राजेश विक घा’इते भएका छन् ।सिमेन्ट बोकेर काठमाडौं तर्फ जाँदै गरेको ट्रक धादिङको बे’निघाट रोराङ गाउँपालिका ९ को ज्यामिरेघाटबाट त्रिशुली नदीमा ख’सेको ट्राफिक प्रहरी हवल्दार कूलबहादुर महतोले जानकारी दिए ।ट्रक त्रिशूलीमा ख’स्दा घा’इते भएका मकवानपुर भिमफेदी २ भैसेँका चालक थोकरको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा मृ’त्यु भएको प्रहरीले जनाएको छ ।

घा’इते सहचालक सप्तरी रुपनगरका विक भने उपचारपछि घर फ’र्किएको प्रहरीले बताएको छ । त्यस्तै रौतहटमा नेपाल प्रहरीको गाडि दु’र्घटना हुँदा ५ जना घा’इते भएका छन् । पूर्व–पश्चिम राजमार्गकाे चन्द्रनिगाहपुरस्थित लमहा जंगलमा आइतबार बिहान दु’र्घटना भएको हो । दुर्घटनामा परी घा’इते भएकामध्ये ४ जना प्रहरी सहायक निरीक्षक र एक जना जवान रहेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएसपी हेम बहादुर शाहीले जानकारी दिनुभयो ।बाराको पथलैयामा प्रहरी प्रमुख (आइजिपी) ठाकुर प्रसाद ज्ञवालीको ब्रि’फिङ कार्यक्रममा स’हभागी हुन जाँदै गरेको अवस्थामा बिहान ६ बजे प्रहरीको गाडी दु’र्घटना भएको हो ।

प्रहरीको ना १ झ १३३१ नम्बरको भ्यानलाई वि’परीत दिशाबाट आउँदै गरेको ना ६ ख ८६२५ नम्बरको ट्रकले ठ’क्कर दिँदा दु’र्घटना भएको जनाइएको छ ।दु’र्घटनामा प्रहरी सहायक निरीक्षकहरु सीमा प्रहरी चौकी मठियामा गोविन्द यादव, गौर बसपार्कमा कार्यरत मनोज सिंह, औरैयामा कार्यरत विश्वनाथ प्रसाद यादव, र बेलबिछवामा कार्यरत हृ’दय प्रसाद यादव तथा गाडी चालक (जवान) सरोज यादव घा’इते भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्