लामो समयपछि मिडियामा आए उज्जु डार्लिंग,खुलाए भुवन केसीको गोप्य कुरा – अझै आउछ से क्स प्रस्ताव (भिडियो)


आमदर्शकले जब उनलाई पहिलोपल्ट तेस्रोलिंगीको भेषमा ‘उज्जु डार्लिङ्’मा देखे, यी रंगकर्मी उज्ज्वल भण्डारी, ४०, नै हुन् भनेर पत्याएनन्। कुनै बेला सर्वनाम नाट्य समूहका हास्य अभिनेता भण्डारीले त्यतिबेला धेरै नाटकमा खेलिसकेका थिए। तर, ६ वर्ष पहिले नेपाल वान टेलिभिजनबाट ‘उज्जु डार्लिङ्’ नामक टक सो प्रसारण हुन थालेपछि उनको परचिय नै फेरियो।

उनलाई केही नयाँ काम गरेर देखाउन मन थियो। त्यसका निम्ति तीनवटा परकिल्पना उनले राजेन्द्र शलभलाई सुनाएछन्। शलभले स्टुडियो-४ का रञ्जित आचार्यसँग कुरा गरे। अनि, उनीहरू दुवैले भोलिपल्टै सुटिङ् गरौँ भने। तर, भण्डारीलाई आँट आएन। उनले यसका लागि अर्का रंगकर्मी शैलेन्द्र सिंखडालाई अनुरोध गरे। उनी पनि त्यस्तो जोखिम मोल्न तयार भएनन्।

यता शलभ र आचार्यको तारन्तार फोन आइरह्यो, सुटिङ्का लागि। अन्त्यमा उनले आफूलाई मारेर चरत्रिलाई बचाउने सोच बनाए र मन नलागीनलागी काम थाले। उनका साथीहरूले फोन र इमेलमा गालीको वर्षा गर्न थाले। ‘छ्या, तिमीले त आफैँलाई खत्तम पार्‍यौ’ भन्नेसम्मका प्रतिक्रिया आए उनलाई।

कतिसम्म भने तेस्रोलिंगीहरूको संस्था ‘ब्लु डाइमन्ड सोसाइटी’का सदस्यहरूको पनि विरोध आयो। उनी डराएनन्। भण्डारीले उनीहरूको चित्त मात्र बुझाएनन्, सोसाइटीका सुनीलबाबु पन्त र भूमिका श्रेष्ठलाई ‘उज्जु डार्लिङ्’मा बोलाएर उनीहरूका अन्तर्वार्ता नै प्रसारण गरे।

परिवारदेखि इष्टमित्र, नातागोता सबैसँग उनको सम्बन्ध पछिसम्म चिसिइरह्यो। तर, यसका ३० शृंखला प्रसारण भएपछि भने उनले यस्ता खप्कीहरूको सामना गर्नुपरेन। किनभने, गायिका आनी छोइङदेखि एमाले अध्यक्ष झलनाथ खनालसम्मका व्यक्तित्व ‘उज्जु डार्लिर्ङ्’मा सहभागी भइसकेका थिए । र, आज यस कार्यक्रमलाई सबै दर्शकले सहजतापूर्वक लिएको अनुभव गरेका छन् उनले।

उनी आफूलाई दर्शकले जसरी चिन्छन्, त्यसरी नै चिनिरहून् भन्ने चाहन्छन्। भन्छन्, “मलाई ५० प्रतिशतले महिला भनेर चिन्छन्, ४० प्रतिशतले तेस्रोलिंगी मान्छन् र १० प्रतिशत नजिकबाट चिन्नेहरूले मात्र पुरुष भनेर चिन्छन्।” एक महिनाभित्रै उनको एउटा पुस्तक आउँदै छ। त्यसमा उनले ‘उज्जु डार्लिङ’का तस्बिरहरू मात्र समेट्ने भएका छन्।

रमाइलो कुरा। उनले एक चर्चित लोकगायकलाई कार्यक्रममा बोलाएका रहेछन् । तर, ती गायकले छायांकन सकिएपछि पनि उनलाई पछ्याउन छाडेनन्। ‘अब तपाईं जानूस्, म अर्को सुटिङ्मा जान्छु’ भन्दा पनि मानेनन् रे ! ती गायकले उनले लुगा फेरेको हेरेर मात्र जाने बताएछन्। कस्तो आपत् ! ‘भोलि भेटौँला’ भनेर जबरजस्ती ती गायकलाई बिदा गरे। यस्ता कैयौँ प्रसंग छन्। ती सबैले आजसम्म पनि ‘उज्जु डार्लिङ’्का प्रस्तोता पुरुष हुन् भनेर पत्याउँदैनन्।

रमाइलो कुरा अर्को पनि छ। उनले ‘उज्जु डार्लिङ्’मा लगाउने ९९ प्रतिशत पोसाक आफ्नै श्रीमतीका हुन्छन्। एक प्रतिशतचाहिँ आफ्नी भतिजी या कुनै बुटिकबाट ल्याइएको। अझ रमाइलो त के भने, उनी आफूले पारश्रिमिक थापेको दिन श्रीमती र भतिजीलाई पनि पोसाक प्रयोग गरेबापतको भाडा दिन्छन्। उनलाई पहिलेजस्तो श्रीमतीले लुगा किनिदिनूस् भन्नुपर्दैन। भन्छन्, “आफैँले प्रयोग गर्ने साडी-चोलो, कुर्ता-सुरुवाल किन्न केको कन्जुस्याइँ ?”