Logo

उडिरहेको हेलिकप्टरबाट जस्ता खसेपछि !


सोलुखुम्बुमा उडिरहेको हेलिकोप्टरबाट जस्तापाता लगायत निर्माणका सामाग्री खसेको छ । सोलुदूधकुण्ड नगरपालिका १ काे टाक्सिन्दु डाँडाबाट खुम्बु पासाङ ल्हामु गाउँपालिका ४ दिङ्बुचेका लागि कार्गोसहित उडेको हेलिकोप्टरबाट ती सामग्री खसेको सोलुखुम्बु प्रहरीले पुष्टि गरेको छ । सोलुखुम्बुको लागि यो घटना भने पहिलो होइन ।

प्रहरी निरीक्षक महेन्द्र दर्नालका अनुसार शनिबार बिहान साढे १० बजे सोलुदूधकुण्ड नगरपालिका १ को लुङ्दिङ खोलाकाे जङ्गलमा २ रोल म्याटिस र इको प्यानलको ३१ थान जस्तापाता खसेको हो ।घटनाकाे विषयमा कैलाश हेलिकोप्टर सर्भिसेज प्रालीका जनरल म्यानेजर प्रतापजङ्ग पाण्डेले भने आफू नेपालबाहिर भएकाले जानकारी नभएको भन्दै आफ्नो कम्पनीको कमजाेरी लुकाउन खोज्नुभयो ।

घटनाकाे विषयमा कैलाश हेलिकोप्टर सर्भिसेज प्रालीका जनरल म्यानेजर प्रतापजङ्ग पाण्डेले भने आफू नेपालबाहिर भएकाले जानकारी नभएको भन्दै आफ्नो कम्पनीको कमजाेरी लुकाउन खोज्नुभयो ।पछिल्लो पटक शनिबार मात्र खुम्बु पासाङ ल्हामु गाउँपालिका ४ दिङ्बुचेका लागि कार्गोसहित उडेको हेलिकोप्टरबाट जस्तापाता लगायतका निर्माण सामग्री खसेका थिए ।

यसअघि गत भदौ १९ गते उडिरहेको कैलास एअरको हेलिकोप्टरबाट सोलुदूधकुण्ड नगरपालिका २ को फेरामा सिरक लगायतका सामग्री खसेका थिए । शनिबार बिहान साढे १० बजे सोलुदूधकुण्ड नगरपालिका १ को लुङ्दिङ खोलाकाे जङ्गलमा २ रोल म्याटिस र इको प्यानलको ३१ थान जस्तापाता खसेको प्रहरीले जनाएको छ ।

कैलाश एअरको ९ एनएएमटीको हेलिकोप्टर दिङ्बुचेका लागि निर्माण सामाग्री लिएर टाक्सीन्दुबाट उडेको थियो । सोलुखुम्बुमा पटक-पटक उडिरहेको हेलिकोप्टरबाट निर्माण सामग्री लगायतका वस्तुहरु खस्न थालेपछि स्थानीयले हवाइ उडानका कारण आफूहरु असुरक्षित भएको जनाएका छन् । उनीहरुले यसबारे प्रहरी प्रशासनसँग गुहार मागेको भए पनि कुनै सुनुवाई नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्