अहिले कोरोना भाइरसको कुनै उपचार पत्ता लागेको छैन । सतर्क हुनु नै यसबाट बच्ने उपाय हो । त्यसैले तपाईं रहेको ठाउँमा यो भाइरसको सङ्क्रमण बढिरहेको छ भने सबैभन्दा पहिला त आफैं सचेत हुनुपर्छ ।
यस भाइरसबाट बच्न यो भाइरसको सङ्क्रमण भएका मानिसबाट टाढै रहने महत्त्वपूर्ण उपाय हो । त्यसका साथै मास्कको प्रयोग गर्ने, नचिनेका मानिससँग कुरा गर्दा अलि परै बस्ने, हातले आँखा, मुख र नाक नछुने, बेलाबेलामा राम्रोसँग साबुन पानीले हात धोइरहने गर्नुपर्छ । रुघाखोकी लाग्नेबित्तिकै प्रशस्त मात्रामा झोलिलो खानेकुरा खाने, पर्याप्त मात्रामा आराम गर्ने र चिकित्सकको सल्लाहअनुसार रोकथाम गर्ने औषधि खानुपर्छ ।
यस्तै, नियमित व्यायाम गर्न र भीडभाडमा आवश्यक परेको खण्डमा मात्र जाने र अस्वस्थ महसुस भए तत्काल अस्पताल गएर जाँच गराउनुपर्छ । यसरी सतर्कता अपनाउँदा भाइरसले सङ्क्रमण गर्ने जोखिम पनि कम हुन्छ ।रुघा लाग्नु, टाउको दुख्नु, खोकी लाग्नु, घाँटी दुख्नु, अत्याधिक ज्वरो आउनु, श्वासप्रश्वासमा समस्या हुनु र अस्वस्थ महसुस हुनु कोरोना भाइरसका लक्षणहरु हुन् । तर सामान्य रुघाखोकी लाग्दैमा आत्तिन नपर्ने र तर सचेत भने हुनुपर्ने डाक्टरहरु बताउँछन् ।
प्रतिक्रिया