Logo

पशुपतिनाथको सौन्दर्य : बाँदरबाट जोगियो, मान्छेले चुँडे !

महाशिवरात्रिको दिन फूलैफूलले सजिएको पशुपतिनाथ मन्दिर परिसर भोलिपल्ट बिहान उजाड देखियो । पशुपतिनाथको साैन्दर्य बाँदरले उजाड बनाएकाे हैन, मानिसले हाे ।

लाखौं रुपैयाँ खर्चिएर किनिएका रंगीचंगी फूलबाट पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिर र त्यस वरपरका स्थान आकर्षक तरिकाले सजाएको थियो ।

शनिबार बिहान पशुपतिनाथ मन्दिरमा पुग्दा पशुपतिनाथ रंगहीन देखियो । शिव अर्थात् पशुपतिको बहान बसाहामा एउटा पनि फूल देखिँदैन । मुख्य गेटबाट पनि फूलका थुँगा झिकिएका छन् । राता–सेता गुलाब केही बाँकै छैन ।शनिबार बिहान पशुपतिनाथ पुग्दा पनि मानिसहरुले फूल चुँडिरहेका थिए ।कतिपय मानिसहरू माथि–माथि आकासमा फूलका पत्रहरु फाल्दै रमाइलो गरिरहेका थिए ।

‘यो सजावट बाँदरबाट कसरी जोगाउने होला भन्ने चिन्ता थियो,’ सदस्यसचिव डा. ढकालले भने, ‘बाँदर चढ्न सक्ने ठाउँको बरु सुुरक्षित छ, मान्छेले भेट्न सक्ने ठाउँको फूल चोरी भएछ । विरक्त लाग्ने दृश्य छ ।’पशुपति क्षेत्र विकास

पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथलाई फूलैफूलले सजाउन झण्डै दुई करोड रुपैयाँ खर्च गरेको थियो । फूलहरु थाइल्याण्ड, अष्ट्रेलिया, भारत लगायतका देशबाट ल्याइएको थियो । केही फूल भने भारतले निःशुल्क सहयोग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्