Logo

नयाँ बसपार्क-गंगबु क्षेत्रमा ‘यौ,नधन्दा’ गर्ने १२ सय बढी पक्राउ !

काठमाण्डौको गंगबु र आसपासको उपत्यका प्रवेश गर्ने तथा बाहिरिने सवारी साधनको चापका कारण संधै अस्तव्यस्त हुन्छ । यात्रु तथा व्यापारीका लागि अपरिहार्य गन्तव्य जस्तै बन्न पुगेको नयां बसपार्क र आसपासको क्षेत्रमा जति विकास र व्यस्तता देखिन्छ त्यो भन्दा कैयौं गुणा बढी बिकृति छ ।

नयां बसपार्क क्षेत्र गम्भीर सामाजिक बिकृतिका रुपमा बिकास भईरहेको छाडा यौन संस्कृतिको अखडा बन्न थालेपछि प्रहरीले विशेष शद्धिकरण अभियान सुरु गरेको छ । मुलुकका अधिकांश भागलाई संघीय राजधानी काठमाडौसम्म जोडिने सवारी साधनका कारण ७७ वटै जिल्लाका नागरिक कुनै कुनै रुपमा वसपार्क पुग्नै पर्ने अवस्था छ । यही व्यस्तता र बाध्यताका बीचमा यो क्षेत्रमा चरम बिकृति फस्टाएको छ ।

महानगरीय प्रहरी बृत्त महाराजगन्जले सामुदायिक सेवा केन्द्र गंगबु, स्थानीय वडा र विभिन्न सघ सस्थासंगको सहकार्यमा कर्डन एन्ड सर्च, स्विप अपरेशन चलाएको हो । अभियान अन्तर्गत गंगबु–नयाँ बसपार्क क्षेत्रबाट अवैध कृयाकलापमा संलग्न धमाधम पक्राउ परिरहेका छन् । गंगबु-नयाँ बसपार्क क्षेत्रमा पाँच महिनादेखि प्रहरीले शुद्धीकरण अभियान चलाई रहेको छ ।

शुद्धिकरण अभियान अन्तर्गतको स्विप अपरेशनमा अहिलेसम्म १२ सय ५० भन्दा बढी व्यक्तिलाई नियन्त्रणमा लिई सकेको छ ।पक्राउपछि छानबिन गरेर प्रहरीले अबैध कृयाकलापमा संलग्न देखिएका ४ सय ९५ जना बिरुद्ध भने मुद्दा चलाएको छ । विशेषगरि यस क्षेत्रमा सञ्चालीत् खाजा घर, गेष्ट हाउस तथा रेष्टुरांलाई निगरानीमा राखेको प्रहरीले सार्वजनिक स्थानमा बसेर संकास्पद गतिविधि गर्नेलाई समेत पक्रने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्