Logo

बर्दीमै पेस्तोल देखाएर टिकटक भिडियो बनाउने प्रहरीलाई झिकाइयो !

प्रहरी बर्दीमा पस्तोल देखाएर टिकटक भिडियो बनाउने प्रहरी सईलाई महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा बोलाइएको छ। भक्तपुरमा कार्यरत प्रहरी सई रत्नबहादुर थापा र उनकी श्रीमतीको बर्दीमै टिकटक भिडिओ सार्वजनिक भएपछि डिआइजी विश्वराज पोखरेलले कार्यलयमा बोलाएका हुन् ।

दुवै प्रहरीलाई मैले कार्यालयमा बोलाएको छु, यता आएपछि सो गतिविधिको बारेमा बुझेर मात्रै कारबाही हुन्छ’, डिआइजी विश्वराज पोखरेलले भने। तर सई रत्नबहादुर थापाले भने आफूले टिकटक नै नचलाउने जिकिर गरेका छन्।

दुई टिकटक भिडियो दिलुमगर९१ अकाउन्टबाट सार्वजनिक भएको हो। एक भिडिओमा दिलु मगरले पेस्तोल हातमा लिएर अभिनय गरेको देखिन्छ भने अर्को भिडिओमा रत्नबहादुर र दिलुसँगै बसेर खिचिएको छ।

प्रतिक्रिया दिनुहोस्