Logo

प्रधानमन्त्रीसहित चार जना वि’रूद्ध अख्तियारमा उजुरी !


प्रधानमन्त्री केपी शर्मा ‌ओली, निवर्तमान सञ्चार मन्त्री गोकुल प्रसाद बाँस्कोटा, पूर्वसञ्चार सचिव महेन्द्र गुरूङ र नेपाल सेक्युरिटी प्रेस काउन्सिलका प्रमुख विकल पौडेल वि’रूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उ’जुरी परेको छ।

बाँके नेपालगञ्जका ६७ वर्षीय प्रेमबहादुर शाही र मकवानपुर हेटौंडा ११ नवलपुरका ६४ वर्षीय आनन्दराम पौडेलले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद भु-उपग्रह खरिद, नेपाल टेलिकमको फोरजी सेवा विस्तार, कम्प्युटर ल्याव र अप्टिकल फाइबर विस्तारमा अनियमितता भएको भन्दै प्रधानमन्त्रीसहित चार जनालाई आइतबार अ’ख्तियारमा उ’जुरी दिएका हुन्।

अनुचित कार्य भ्रष्टाचार गरेको भन्दै उनीहरूले का’रबाहीको मागसहित उजुरी दिएका हुन्। उक्त उजुरी अख्तियारले दर्ता गरिसकेको छ। सेक्युरिटी प्रेस खरिद प्रकरणमा जोडिएर सञ्चार मन्त्री बाँस्कोटाको अडिओटेप सार्वजनिक भएपछि गत बिहीबार उनले नैतिकता को आधारमा राजीनामा दिइसकेका छन्। सार्वजनिक अडिओमा बाँस्कोटाले ७४ करोड कमिसन डिल गरेको दाबी गरिएको छ।

प्रधानमन्त्री ओलीले उक्त अडिओ डेढ महिना पहिले नै सुनिसकेको दाबी गरिएको उक्त उजुरीमा प्रधानमन्त्रीले सो प्रमाण लुकाएर भष्टाचार उद्योग कार्यमा संलग्न र मतियार रहेको पुष्टि हुने दाबीसहित छानविन गर्न माग गरिएको छ।

प्रधानमन्त्री सहित चारैजना सेक्यु रिटी प्रिन्टिङ प्रेस खरिद, भु-उपग्रह खरिद, नेपाल टेलिकमको फोरजी सेवा विस्तार, कम्प्युटर ल्याव र अप्टिकल फाइबर विस्तारमा अर्बौ भ्रष्टाचार गरेको पाइएको दाबीसहित उक्त उजुरीमा अनुसन्धान गरी मुद्दा चलाएर सजाय समेत मागिएको छ।

प्रतिक्रिया दिनुहोस्