Logo

बेइज्जतीको पनि हद हुन्छ नि आयुष्मान जी !

नायक आयुष्मान देशराज जोशी बेहुला बन्दैछन् । बेहुली बन्न तयार भएकी छिन्, नायिका प्रियंका कार्की । यसै फागुन १५ गते उनीहरु बिबाह गर्दैछन् । त्यसैले उनीहरु दुबैले ब्याचलर पार्टी मनाए ।

प्रियंका ब्याचलर पार्टी बनाउन आफ्नो केही साथीहरुसँग थाइल्याण्ड पुगिन् । त्यहाँ पुगेर उनले विभिन्न अवतारमा फोटो खिचिन । केही अर्धनंग्न फोटोहरु पनि उनले खिचिन । आखिर ब्याचलर पार्टी थियो, अलि अलि भर्ल्गर त हुने नै भयो ।

अहिले सामाजिक संजालमा आयुष्मानले आफ्नो ग्याङसँग ब्याचलर पार्टी गरेको तस्विर भाइरल भइरहेको छ । जहाँ आयुष्मानको बेइज्जत भएको छ । आयुष्मानले आफ्नो केटाहरुसँग प्रियंकाको फोटो पोजलाई कपी गरेर तस्विर खिचाएका छन् । जुन निकै हास्यास्पद छ ।

नायिका प्रियंकाले नै आयुष्मानको फोटो पोष्ट गरेकी छिन् । जहाँ आयुष्मानको साच्चिकै बेइज्जत नै भएको छ । प्रियंकाको फोटो पोजलाई कपी गर्न खोज्दा आयुष्मान चिप्लिएका छन् । उनलाई साच्चिकै नखरेवाज देखिएको छ । उनलाई यस्तो हर्कत सुहाएको छैन् ।

हुनत, व्याचलर पार्टी केटीले होइन, केटाले मनाउने विदेशी संस्कार हो । अविबाहित पुरुषले आफ्नो साथीहरुसँग अन्तिम सयम रमाइलो गरेर बिताउने भन्दै यस संस्कारको सुरु भएको थियो । तर, प्रियंका र आयुष्मानको केसमा फरक भइदियो । पहिला प्रियंकाले मनाईन्, त्यसैलाई कपी गरेर आयुष्मान रमाए ।

प्रियंका आफैँमा ब्याचलर भने होइनन् । उनी डिभोर्सी हुन् । उनको बिबाह भइसकेको थियो । तर, प्रियंका पुर्वपति रोचक मैनालीलाई डिभोर्स दिएर चलचित्र क्षेत्रमा स्थापित भएकी हुन् ।

यो कुरा छोडौँ । तर, आयुष्मानको भने साच्चिकै बेइज्जत भएको छ । अहिले आयुष्मानको हर्कतलाई लिएर सामाजिक संजालमा विभिन्न ट्रोलहरु बनिरहेका छन् । उनको खिसी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्